जर्मनमन्त्री नेपाली किसानको खेतमा
जर्मनीको वातावरण, प्रकृति संरक्षण, निर्माण तथा आणविक सुरक्षामन्त्री बारबरा हेन्ड्रिक्सले जलवायु परिवर्तन अनुकूलन खेतीका लागि नेपाली महिलाले अपनाउँदै आएको पद्धतिको प्रशंसा गरेकी छिन् ।
जर्मनीको वातावरण, प्रकृति संरक्षण, निर्माण तथा आणविक सुरक्षामन्त्री बारबरा हेन्ड्रिक्सले जलवायु परिवर्तन अनुकूलन खेतीका लागि नेपाली महिलाले अपनाउँदै आएको पद्धतिको प्रशंसा गरेकी छिन् ।
कृषिमा उत्पादन र उत्पादकत्व बढाउन नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले अन्न बालीका ११ नयाँ जातका बीउ तयार गरेको छ। मुलुकका विभिन्न क्षेत्रको हावापानीमा अनुकूल हुने गरी धान, गहुँ, मकै, गोलभेंडा, अदुवाका बीउ तयार गरेर सिफारिस गरेको हो।
खेतीमा हुने सम्भावित जोखिमबाट जोगाउने उद्देश्यले कञ्चनपुरका ६४७ किसानले बाली बिमा गराएका छन् ।
काठेखोला गाउँपालिका–४ तङ्ग्रामका किसानले माछापालनबाट लाखौँ रुपैयाँ कमाउँदै आएका छन् ।
ललितपुरका हरिशरण कपालीले जग्गा रैतानी नभएका कारण भूकम्पपीडित परिचयपत्र पाएनन् । राहात कार्ड नभएका कारण कपाली सरकारी सुविधा प्राप्त गर्नबाट वञ्चित भए ।
सरकारले दूध उत्पादनको क्रममा किसानलाई दिँदै आएको अनुदानको ढाँचालाई परिस्कृत गर्दै अब दूध उत्पादन गरेपछि अनुदान दिने तयारी थालेको छ। पशुपालनमा अनुदान दिने पूरानो ढाँचाले अपेक्षित उपलब्धी हासिल हुन नसकेपछि सरकारले दूध उत्पादन गरेपछि अनुदान दिने नीति ल्याएको हो।
किसानको आयस्तरमा सुधार ल्याउन सरकारले करिब सवा अर्ब रुपैयाँ अनुदान वितरण सुरु गरेको छ। कृषि विकास मन्त्रालय अन्तर्गतको व्यवसायिक कृषि तथा व्यापार आयोजनामार्फत सवा अर्ब रुपैयाँ प्रदान गर्न किसानसँग अनुदान सम्झौता गरेको हो।
बाघले आक्रमण गर्दा चितवनमा एकजना निधन भएको छ। चितवन जिल्ला प्रहरी कार्यालयले गराएको जानकारी अनुसार चित्रवन नगरपालिकाको वडा नं १४ भगेडीको केराघारी भित्र बुधबार साँझ सवा पाँच बजे बाघले भीम चापागाईलाई आक्रमण गरेको थियो। पदमपुरका चापागाई केराखेती गर्न भगडीमा बस्दै आएका थिए।
कुम्पुरका भूकम्पपीडित किसानलाई अहिले सिँचाई नहर मर्मतको चटारो चलेको छ। अघिल्लो वर्ष सिँचाई नहुँदा तरकारीजन्य उत्पादनबाट घाटा व्यहोरेका किसान यस वर्ष भने बेलैमा नहरमर्मत गरेर खेतबारीमा पानी पु¥याउने काममा व्यस्त भएका हुन्।
सरकारले दुई वर्षअघि सुरु गरेकोकिसान परिचयपत्र वितरण कार्यक्रम अलपत्र भएको छ । आर्थिक वर्ष ०७१÷७२मा सुरु भएको ‘किसान परिचयपत्र’ वितरण कार्यक्रम १० जिल्लामा पुगे पनि किसान वर्गीकरणको कार्यविधिनै अपूर्ण भएपछि सफल हुन नसकेको हो ।
उखुको आधिकारिक मूल्य निर्धारण नभएको भन्दै गरुडास्थित श्रीराम सुगर मिल्सले उखु किसानलाई प्रतिक्वीन्टल ५१७ रुपैयाँका दरले उखुको भुक्तानी दिन सुरु गरेको छ।
नुदान पाइने भएपछि मोरङका किसान मकै खेतिमा आकर्षित हुन थालेका छन्। उन्नत बीउ र कृषि यन्त्रमा अनुदानले किसानलाई मकै खेतिमा आकर्षित गरेको हो। मोरङको दक्षिणी भारतस“ग सीमा जोडिएका गाविसमा केही बर्ष यता मकै खेती गर्ने किसान बढेका छन्।
चितवन निकुञ्जमा दुर्लभ वन्यजन्तु एकसिङे गैँडा तस्करको निसानामा नपरेको धेरै नै भयो । निकुञ्ज क्षेत्र आसपास गाउँमा खेती जोगाउन स्थानीय किसानले थापेको फन्दामा परेर भने गैँडा मर्ने क्रम रोकिन सकेको छैन । करेन्ट लागेर वा विषाक्त खाद्यपदार्थ खाएर अघिल्लो वर्ष चितवन निकुञ्जमा तीन गैँडा मरे । यो वर्ष करेन्ट लागेका कारण दुई गैँडा मरी सकेका छन् ।
किसानले उखु उब्जाएको भए पनि उखु किनेर चिनी उद्योगहरुलाई बेच्ने बिचौलिया मालामाल भएका छन्। सरकारले उखुको मूल्य समयमा तोक्न नसक्दा बिचौलिया मालामाल भएको पाइएको छ।
ऐन किसानसँग सम्बन्धित। कार्यक्रम किसानका लागि। बजेट सिध्याउनुपर्ने किसानको नाममा। तर झारफुक गर्ने झाँक्रीदेखि कूलपतिसम्म अटाउँदा पनि किसानैचाहिँ निषेध। आखिर किन?