श्रीराम सुगर मिल्स सञ्चालनमा, उखु बेच्न किसानकाे अानाकानी
वितेका दुई वर्ष उखुको पैसा समयमा भुक्तानी नदिएको रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सले किसानलाई उखुको चलान पूर्जी वितरण गरे पनि किसानमा उत्साह भने देखिएको छैन। १४ लाख क्वीन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएर शनिबार मध्यरातिदेखि सञ्चालनमा आएको चिनी उद्योगलाई उखु बेच्न किसानले उत्साह नदेखाउँदा कर्मचारीसमेत निराश भएका छन्।