आयस्तर उकास्न किसानलाई ८३ करोड
सरकारले उच्च हिमाली क्षेत्रका किसानको आयस्तर उकास्न पौने एक अर्ब रुपैयाँ अनुदान दिने भएको छ । सोलुखुम्बु, संखुवासभा, रसुवा, दोलखा, मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला, डोल्पा, मुगुमा कृषि व्यवसाय तथा जीविकोपार्जनमा सुधार ल्याउन पशुपक्षी मन्त्रालय अन्तर्गतको हिमाली आयोजनाबाट अनुदान दिइएको हो ।