भूकम्पपछिको पुनर्निर्माण : भ्रष्टाचार भएको जनप्रतिनिधिको आरोप
स्थानीय तहका जनप्रतिनिधिले भूकम्पपछिको पुनर्निर्माणमा व्यापक भ्रष्टाचार भएको आरोप लगाएका छन्।
स्थानीय तहका जनप्रतिनिधिले भूकम्पपछिको पुनर्निर्माणमा व्यापक भ्रष्टाचार भएको आरोप लगाएका छन्।
प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले न्यायालयको भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका छन्। आइतबार विहान सिंहदरबारस्थित संसद सचिवालयमा बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकमा आफ्नो कार्ययोजना सुनाउँदै मिश्रले अदालतका सबै काम कारवाहीको अनुगमन गर्ने र भ्रष्टाचारविरुद्ध अग्रसरता लिने बताए।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले विकास निर्माणको काममा चरम लापरवाही हुँदै गएको बताएका छन्। नेपालीपन राष्ट्रिय साप्ताहिकको तेस्रो वार्षिकोत्सवका अवसरमा साेमबार यहाँ आयोजित कार्यक्रममा उनले विकास निर्माणमा ठेकेदारले चरम लापरवाही गर्ने गरेको बताउँदै कडा कानून नहुँदा गलत गर्नेहरु ठाडो शिर बनाएर हिँडिरहेको बताए।
१४ अर्ब ७० करोड रुपैयाँ खर्च भइसकेको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा भएको अनियमितताबारे प्रभावित क्षेत्र बाँकेबाट प्रतिनिधित्व गर्ने सांसद अझै मौन जस्तै छन्।
रौतहटको कटहरिया नगरपालिकामा करोडौँको भ्रष्टाचार भएको अाराेप नगरपालिकाका जनप्रतिनिधिहरुले लगाएका छन्। नगरपालिका प्रशासकीय अधिकृत र लेखापाल मिलेर करोडौँको भ्रष्टाचार गरेको आरोप उनीहरुले लगाएका हुन्।
सरकारी छानबिन टोलीले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माणमा कमीकमजोरी देखिएको प्रारम्भिक निष्कर्ष निकालेको छ।
राष्ट्रिय गौरवको सिक्टा सिँचाइका आयोजना प्रमुखहरूको ध्यान पुराना ठेक्का सम्झौतालाई अनुगमन र नियमन गर्नुभन्दा नयाँ ठेक्का सम्झौता गरी कमिसन असुल गर्नेतिर ध्यान जाँदा मूल नहर कमसल बनेको पाइएको छ।
हाम्रो देशमा जनताको स्वार्थ र पार्टीगत स्वार्थ भाषणमा एक देखिन्छन् तर व्यवहारमा फरक देखिएका छन् । यिनीहरूबीचको खाडल घट्नुको सट्टा बढेर गएको छ । एउटा सानो उदाहरण लिउँ– मध्य मस्र्याङ्दीजल विद्युत् योजना सुरु गर्दा २० कराेड प्रतिमेगावाट खर्च लाग्ने अन्दाज थियो ।
१३ हजार रुपैयाँ घुस लिएको आरोपमा इटहरी उपमहानगरपालिका वडा नं. १० का वडासचिव शुक्रबार पक्राउ परेका छन्। शुक्रबार अपरान्ह ५ बजेतिर इटहरी व्यस्त बजारको रोज रक मम पसलमा सेवाग्राहीको व्यवसाय दर्ता गरि दिन १३ हजार रुपैयाँ लिने क्रममा वडा सचिव विदुर रेग्मीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो।
राष्ट्रिय गौरवको सिक्टा सिँचाइको मूल नहर पानी परीक्षणका क्रममा पटक–पटक भत्कनुको प्रमुख कारण कमिसनमा पेटी ठेक्काबाट गरिएको निर्माण भएको बताइएको छ।
परीक्षण क्रममा भत्किएको सिक्टा सिँचाइ आयोजनाको मूल नहरलाई आयोजना कार्यालय आफैंले मर्मत गरेर ठेकेदारलाई उन्मुक्ति दिने चलखेल गरेको छ।
सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिक्टा सिँचाइ आयोजनामा बदमासी भएको भन्दै छानबिनका लागि उच्चस्तरीय समिति गठन गरेको छ।
धेरैको संलग्नता रहने हो भने ठूल्ठूला आयोजनामा हुने अनियमितता कसरी गुपचुपमा राखिन्छन् भन्ने पछिल्लो उदाहरण सिक्टा सिँचाइ आयोजना बनेको छ।
प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले आफूले पाँच रुपैयाँ पनि भ्रष्टाचार गरेको प्रमाणित भए राजीनामा दिने बताएका छन्।
मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाकमाथि अरबौँ अमेरिकी डलर बराबरको रकम अपचलन गरेका नयाँ आरोप लागेको छ। मलेसियामा केही महिना अघि सम्पन्न आमनिर्वाचनको समयमा पनि विपक्षीहरुले यही विषय उठाउँदै आएका थिए।