९ मंसिर २०८१ आइतबार
image/svg+xml

कछुवा

घटना हिजो बिहानैको हो । अझ बिहान सबेरै भन्दा पनि हुन्छ होला । म त ओछ्यानमै थिएँ । कसैले ढोका ढक्ढक्याएको आवाजले म ब्युँझिएँ । हुन त गेटमा घन्टी पनि थियो तर घन्टीको सट्टा ढोकामै ढक्ढक्याएकाले म जुरुक्क उठेँ । बत्ती आइरहेकै थियो । फलतः घन्टी बजाउन कुनै समस्या थिएन तर पनि आगन्तुक घन्टीको सट्टा ढोकैमा बल गरिरहेका छन् । को होलान् यी ?

गणनाको कछुवागति

निर्वाचन परिणाम स्वीकार गर्दै अघि बढ्ने र गणनामा धेरै अलमल नगर्ने व्यवहार दलहरूको हुनु आवश्यक छ । कछुवा गतिमा मत परिणाम आउने अहिलेको पद्धति सुधारमा सरकार, आयोग र दलहरूले सशक्त भूमिका निर्वाह गर्नुपर्छ ।

आयोगको भद्रगोल व्यवस्थापन, कछुवा गतिमा मतगणना

वीरेन्द्रनगर नगरपालिकामा सोमबार दिउँसो २ बजे मतगणना सुरु भयो । साँझ ५ बज्दासम्म जम्मा सय भोटमात्रै गनिसकियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ढिलाइको प्रमुख कारण हो– जटिल मतपत्र र एक ठाउँमा मात्र मतगणना गर्ने दलहरुको अडान।

जलेश्वर– जनकपुर सडक निर्माण कार्य कछुवाको गतिमा

आठ महिना अघि भिट्टामोड –जलेश्वर– जनकपुर सडक निर्माण कार्य प्रारम्भ गर्न शिलान्यास गर्ने क्रममा सत्ताधारी दल माओवादी केन्द्र, नेपाली काँग्रेस  र नयाँ शक्ति लगायत धेरै राजनीतिकदलहरुले उक्त सडक निर्माण कार्य शुरु हुनुलाई आ–आफ्ना पार्टीकै साखसँग जोड्दै आ–आफ्नै दलको प्रयासमा सडक निर्माण कार्यको शुरुवात गरेको फुर्ति लगाएका थिए । तर यतिका प्रमुख राजनीतिक दलले आ–आफना पार्टीको साखसँग जोडेका  भिट्टामोड –जलेश्वर– जनकपुर सडक निर्माण कामको गति भने कछुवाको गति जस्तै छ । उक्त सडकमा अचाकली उड्ने धुलोले हिड्नै सकस हुन थालेको छ ।

'कछुवा गति'मा कंलकी-कोटेश्वर सडक विस्तार

अचाक्ली धुलो भयो। घरबाट बाहिर निस्कनै सकस भयो। अहिले उपत्यकावासी हरेकले यसै भन्छन्। धुलो पनि किन नहोस्? कामको गति कछुवाको जस्तै छ। अव्यवस्थित पनि उत्तिकै। उपत्यकाको केन्द्रमा थालिएको १० किलोमिटर सडक विस्तार कार्य ४ वर्षमा आधा मात्र भएको छ। मूल सडक भत्काउने काम चलिरहन्छ  तर बनाउने टुंगो हुँदैन्। समस्या यहींनेर छ।

१००० सिक्का खाने कछुवाको मृत्यु

गत साता सफल अफ्रेसन गरिएको १००० सिक्का खाने २५ वर्षको  कछुवाको थाइल्याण्डमा मृत्यु भएको सार्वजनिक भएपछि उक्त घटनाले चर्चा पाएको छ ।

सिमेन्ट उद्योगमा पूर्वाधार निर्माण कछुवा गतिमा

सरकारले चुनढुंगामा आधारित सिमेन्ट उद्योगका लागि पूर्वाधार निर्माण गरिदिने योजनलाई उच्च प्राथमिकतामा राखे पनि व्यवहारमा प्रगति सन्तोषजनक नभएको पाइएको छ।

कछुवा गतिमा सार्वजनिक–निजी साझेदारी अभियान

सन् २०२२ सम्म अति कम विकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुन नेपालले लिएको लक्ष्य प्राप्त गर्न अहिलेको प्रतिव्यक्ति आम्दानीमा करिब दोब्बर आय वृद्धि गर्नुपर्ने हुन्छ।

घर थाम्ने कछुवा

अघिल्लो वर्षको विनाशकारी भूकम्पले भक्तपुर नासमनाकी बुद्धलक्ष्मी शिल्पकारको घर भत्कियो। अहिले बुद्धलक्ष्मी सोही स्थानमा भग्नावशेष हटाएर  नयाँ घर बनाउँदै छन्। तल्लो तलाको गाह्रो उठाउने काम भइरहेको छ। नयाँ घरको जगमा भने उनले ढुंगाको राखेकी छन्। घर बलियो हुने विश्वासले घरको जगमा कछुवा राखेको उनी बताउँछिन्।

पुनर्निर्माणमा कछुवा गति

अघिल्लो वैशाख १२ ले निम्त्याएको भूकम्प एक वर्ष नाघेर पनि चौथो महिनामा प्रवेश गरेको छ । जसले खासगरी १४ जिल्लामा नराम्ररी क्षति पु¥याएको थियो ।यसबीचमा सरकारले भूकम्पपीडितका लागि धेरै सहयोगको आश्वासन दियो र पीडितले पनि कुरिरहे । कुन वर्षा, कुन जाडो, कुन घाम, कुन पानी, उनीहरुले आशा गरिरहे । तर अहिलेसम्म पनि उनीहरुको आशा सन्तुष्टिमा परिणत हुन सकेको छैन ।

पुनर्निर्माण कछुवा गतिमा, सर्वसाधारणको पीडा उस्तै

काठमाडौं– विनाशकारी भूकम्प भएको बुधबार (२०७२ बैशाख १२) १ वर्ष ३ महिना १४ दिन पुगेको छ । दुर्भाग्य, अहिलेसम्म दुर्गम पहाड तथा हिमाली जिल्लाका पीडितले अझै राहत पाएका छैनन् । हजारौं पीडित पालबाट बाहिर आउन सकेका छैनन् । तर, सरकार र सरकारी अधिकारी राहत बाँड्ने काम सकिएर निर्माण सुरु भएको दाबी गरिरहेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्