२७ आश्विन २०८१ आइतबार
image/svg+xml

महासंघ अगुवाइमा रेल्वे ठेक्कामा मिलेमतो

रेल्वे ट्र्याकबेड बनाउने यो ठेक्कामा प्रतिस्पर्धा हुँदा कम्तीमा १५ देखि ३० प्रतिशतसम्म घटेर ठेक्का लाग्ने अवस्था थियो। यस्तोमा यो ठेक्का २५ अर्ब रूपैयाँसम्ममा लाग्ने हुँदा राज्यको १० अर्ब रूपैयाँ बच्ने थियो।

अस्ट्रेलियाको जम्बो टोली इङ्ल्यान्डतर्फ

अस्ट्रेलियाले यसअघि पठाइनेभन्दा ठूलो संख्याको टोलीलाई भ्रमण गराएको हो। दुई टोली बनाएर अभ्यास गर्न सहज होस् भन्ने उद्देश्यले २१ सदस्यीय टोली भ्रमण गराएको प्रशिक्षक ल्याङ्गरले स्पष्ट पारे।

शैक्षिक सत्र जोगाउने विकल्प खोज्नुस्: शिक्षामन्त्री

नियमावलीमा एक शैक्षिक सत्रमा २ सय २० दिन विद्यालय खोल्नुपर्ने र १ सय ९२ दिन पठनपाठन हुनुपर्ने व्यवस्था गरिएको छ।

पूर्व–पश्चिम रेल्वे ठेक्का अघि बढ्ने

उच्च अदालत पाटनले पूर्व–पश्चिम रेलवे लाइन निर्माण गर्ने रेल विभागको ठेक्का अघि बढाउन आदेश दिएको छ ।

गायक प्रमोद खरेलको ‘मेरो छाती धड्कियोस्’ सार्वजनिक

लेखक तथा पत्रकार राज सरगमको शब्दमा गायक प्रमोद खरेलको स्वरमा रहेको ‘मेरो छाति धड्कियोस्’ गीतको युट्युबमा सार्वजनिक भएको छ। भिडियोमा मोडल कसिस दाहाल र भूपेशसिंह ठकुरीको अभिनय गरेका छन्।

तत्काल काम रोक्न उच्च अदालतको आदेश

रेल्वे ट्र्याक बेड ठेक्कामा क वर्गका केही निर्माण व्यवसायीले उच्च राजनीतिक नेतृत्व र रेल विभागका कर्मचारीलाई मिलाएर राज्यलाई करिब १० अर्ब रुपैयाँ थप भार पार्नेगरी चलखेल गरेका थिए।

गूगल र फेसबुकले समाचार प्रयोग बापत भुक्तानी गर्नुपर्छ: अस्ट्रेलिया सरकार

शुक्रबार सार्वजनिक गरिएको अनिवार्य आचार संहिताको मस्यौदामा व्यावसायिक मिडिया कम्पनीबाट उत्पादित समाचार सामग्रीको प्रयोग गरेबापत गूगल र फेसबुकले रकम तिर्नुपर्ने उल्लेख छ । विश्वका अन्य मुलुकले यस्तो प्रयोग गरेपनि असफल भएका छन्, तर अस्ट्रेलियाले आचार संहितामार्फत नै गूगल र फेसबुकलाई रकम भुक्तानीको व्यवस्था गराउन लागेको छ ।

घरेलु फुटबल गतिविधि अझै अन्योल

‘एन्फा क्यालेन्डरलाई सुचारु गर्न हामी जुनकुनै बेला पनि तयार छौं। मात्र अनुमति चाहिएको छ। अनुमति पाए मोफसलका प्रतियोगिता पनि तालिकाअनुसार सञ्चालनमा आउँछन्।’

एमसिसी बारे अमेरिकी चासोः राजदूत बेरीले भेटे उपप्रधानमन्त्री पोखरेललाई

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा नेपाल सरकारले गरिरहेको कामका बारेमा चासो राखेको छ। आइतबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेललाई भेटेर नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले एमसीसीका विषयमा चासो राखेका हुन्।

अब रंगमञ्चले फरक बाटो तय गर्छ : सुनिल पोखरेल (अन्तर्वार्ता)

कोभिड–१९ का कारण विश्वमा त्रास छ। उद्योग व्यवसायले गती लिन सकेका छैनन्। अर्थतन्त्र मन्द जस्तै छ। जसले गर्दा ठूलो संख्यामा रोजगारी गुम्ने खतरा बढेको छ। यस बीचमा विश्वमा थुप्रै क्षेत्र धरासायी भएका छन्। त्यस्तै नेपाली रंगकर्म क्षेत्र पनि यतिबेला ठप्प छ।

'नागरिक आफैं सचेत भएनन् भने सरकारको आदेशले मात्रै संक्रमणलाई रोक्न सकिदैंन'

गम्भिर स्थिति देखिने वित्तिकै हामी ती ठाउँहरुलाई तुरुन्तै शिल गर्न सक्छौं। त्यहाँ मुभमेन्टहरु रोकिन्छ, गतिविधिहरु सबै रोकिन्छन्। भदौ १ गतेपछि लामो दुरीका यातायात र आन्तरिक तथा बाह्य उडान खोल्ने कुरा गर्नुपर्छ कि भन्ने लागेको छ। त्यसबेलासम्म संक्रमणले कुन रुप देखाउँछ सोही आधारमा हामी तय गर्छौं।

रेल्वे बोलपत्र विवाद: छनौट प्रक्रिया त्रुटिपूर्ण

रेल विभागले हालै आह्वान गरेको ‘रेलवे ट्र्याक’निर्माणसम्बन्धी कार्यको बोलपत्रको छनोट प्रक्रिया त्रुटिपूर्ण रहेको भन्दै यसलाई यथाशीघ्र संशोधन गर्न १४ निर्माण कम्पनीले माग गरेका छन्।

रेल्वे ठेक्कामा चलखेल, राज्यको १० अर्ब गुम्ने

रेल विभागका महानिर्देशक मिश्र र ‘क’ वर्गका केही ठेकेदारबीचको मिलेमतोमा सीमित व्यवसायीले प्रतिस्पर्धा गर्न मिल्ने गरी बोलपत्रमा प्रावधान घुसाएर चलखेल गरिएको छ।

घरेलु रक्सीलाई ब्राण्ड बनाउन सांसद राईको माग

प्रदेश १ की सांसद उषाकला राईले घरेलु कोदोको रक्सीलाई ब्राण्ड बनाई विदेश निर्यात गर्ने व्यवस्था गर्न माग गरेकी छिन्। स्थानीय स्तरमा उत्पादन हुने कोदोको रक्सीलाई प्रतिबन्ध (ब्याण्ड) नगरी ब्राण्डको रुपमा विकास गर्न प्रदेश सांसद राईले माग गरेकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्