८ आश्विन २०८१ मंगलबार
image/svg+xml

धुवाँले बस्ती ढाक्दा श्वास फेर्न पनि गाह्रो

कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ अस्ताम र पोखरा महानगरपालिका–२५ सुइखेत नजिकका चारवटा सामुदायिक वनमा आगलागी भएको स्थानीयले बताएका छन्। भीषण आगलागीले गाउँ नै धुवाँले ढाकिएको स्थानीयले बताएका छन्। गाउँमै धुवाँ पस्ता श्वास फेर्नै सकस भएको स्थानीयले बताए।

संसद्को रक्षार्थ समर्थन फिर्ता लिएनौंः सांसद बस्नेत

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले संसद्को रक्षा गर्न आफ्नो पार्टीले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिएको स्पष्ट पारे।

कानुन फेरेर पनि निर्माण व्यवसायलाई समृद्ध बनाइन्छ: मन्त्री नेम्बाङ

भौतिक पूर्वाधारको विकासबिना सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको अवधारणा पूरा हुनै नसक्ने मन्त्री नेम्बाङले बताए। सरकारसँग आफ्नो स्वामित्वमा कुनै निर्माण कम्पनी नरहेको स्पष्ट पार्दै मन्त्री नेम्बाङले देशभरका निर्माण व्यवसायी नै सरकारको विकास साझेदार रहेको बताए।

नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

नयाँ बसपार्कभित्र हाल ३५ टिकट काउण्टर सञ्चालनमा छन्। प्रालिले टिकट काउण्टर मर्मत गर्न लागिएकाले केही समयका लागि आफ्नो व्यवस्थापनमा टिकट बिक्री वितरणको व्यवस्था मिलाउन यातायात कम्पनीलाई आग्रहसमेत गरेको छ।

काठमाडौंको नयाँ बसपार्कको होटलमा युवकको शव भेटियाे

काठमाडौंको नयाँ बसपार्क नजिक मित्रनगरमा रहेकाे गोदावरी सन्तोषी गेष्टहाउसमा एकजना युवकको शव फेला परेको छ।

जसपा विवाद उत्कर्षमा,बैठक बस्न सकेन

नयाँ समीकरण निमार्णको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनता समाजवादी पार्टीका पहिलो अध्यक्ष महन्थ ठाकुर निकटता बढ्दै गएपछि पार्टीभित्र विवाद उत्कर्षमा पुगेको छ। ओली र ठाकुरबीच बढ्दै गएको सम्बन्धप्रति अर्को लाइनको नेतृत्व गरिरहेका उपेन्द्र यादव झस्किएका छन्।

राम्रा कामको बेवास्ता भयोः महेश बस्नेत

नेकपा एमालेका सांसद महेश बस्नेतले सरकारका राम्रा कामलाई बेवास्ता गरेर विरोधीहरु सरकारको आलोचनामा मात्र तल्लीन भएकामा आक्रोश पोखेका छन्।

'मेरो देश मेरै उत्पादन' कार्यान्वयनमा

उद्योग संगठन मोरङले स्वदेशी बस्तुको प्रवर्द्धन गर्ने उद्देश्यका साथ मेरो देश मेरै उत्पादन अभियान कार्यान्वयनमा ल्याएको छ। मोरङ व्यापार संघसँगको सहकार्यमा थालिएको अभियान कार्यान्वयनमा ल्याएको उद्योग संगठन मोरङले जनाएको छ।

‘राजनीतिक भविष्य बोकेको मान्छे विभाजनतर्फ लाग्न सुहाउँदैन’

नेकपा एमालेका नेता महेश बस्नतेले माधव नेपाल र उनी पक्षीय नेतालाई पार्टी विभाजन गराएर पतनको बाटो रोज्ने वा आत्मालोचनासहित पार्टीमा फर्कने दुईमध्ये एक विकल्प रोज्न सुझाएका छन्। उनले माधवपक्षीय नेताहरूको पछिल्ला गतिविधि पार्टी एकताको पक्षमा नरहेको समेत दाबी गरे।

योगेश भट्टराईलाई महेशले भनेः राजनीतिक भविष्य बोकेको मान्छे विभाजनतर्फ लाग्न सुहाउँदैन

नेकपा एमालेका युवा नेता एवम् पूर्वमन्त्री महेश बस्नतेले माधव नेपाल र उनी पक्षीय नेतालाई पार्टी विभाजन गराएर पतनको बाटो रोज्ने वा आत्मालोचनासहित पार्टीमा फर्कने दुईमध्ये एक बिकल्प रोज्न सुझाएका छन्।

बस दुर्घटनामा मृत्यु भएकाको सनाखत

दाङको तुलसीपुरदेखि भालुवाङतर्फ जाँदै गरेको लु१ख ९८६३ नम्बरको यात्रुबस बस लमही–घोराही सडकखण्डको मुसोट नजिकै शुक्रबार बेलुका दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका थिए। घाइते भएकामध्ये छ मध्यम, दुई गम्भीर घाइते भएको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दाङमा यात्रुबाहक बस दुर्घटनाः दुईको मृत्यु, दुई दर्जन बढी घाइते

दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दाङको तुलसीपुरदेखि भालुवाङ तर्फ जाँदै गरेको लु १ ख ९८६३ नं को बस लमही–घोराही सडक खण्डको मुसोट नजिकै आज साँझ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए।

एक हप्ताभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुहुन्छ : महेश बस्नेत

नेकपा (एमाले)का युवानेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक हप्ताभित्र संसद्मा विश्वासको मत लिने जानकारी दिएका छन्।

एक दर्जन सामुदायिक वनमा डढेलो, गाउँ बस्ती उच्च जोखिममा

डोटी जिल्लाका कम्तीमा पनि एक दर्जन सामुदायिक वनमा लागेको डढेलो अझै निभाउन सकिएको छैन। सामुदायिक वनमा एक हप्तादेखि लागेको डढेलो निभाउन नसकिँदा यहाँका गाउँ उच्च जोखिममा पर्नुका साथै ती वनमा नयाँ पलाउन लागेका बिरुवा तथा पालुवा जलेर खरानी भएका छन्।

निर्माण हुँदै ‘नौबस्ता औद्योगिक क्षेत्र’

औद्योगिक क्षेत्र निर्माणका क्रममा विगतमा जग्गा विवादलगायत विभिन्न अल्झन देखिए पनि पछिल्लो समयको कार्यप्रगतिले उद्योगी, व्यवसायीमा आशा जगाएको छ। अहिले पूर्वाधार निर्माणका लागि बजेट व्यवस्थापन, ठेक्का प्रक्रियालगायतको काम अगाडि बढिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्