जुम्लामा ३० करोड बेरुजु
जुम्लाका एक नगरपालिकासहित सातवटा गाउँपालिकामा गरी ३० करोड १५ लाख २८ हजार रुपैयाँ बेरुजु देखिएको छ।
जुम्लाका एक नगरपालिकासहित सातवटा गाउँपालिकामा गरी ३० करोड १५ लाख २८ हजार रुपैयाँ बेरुजु देखिएको छ।
गत फागुन २४ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा चिकित्सक डा. धिरज गुरुङले पहिलो पटक कोराना भाइरसबारे सहजीकरण गरे। कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी सहभागी थिए।
कोराना भाइरस फैलन नदिनको लागि जिल्ला प्रशासन कार्यालय जुम्लाले असार १८ गतेदेखि जारी गरेको निषेधाज्ञा शुक्रबार राति १२ बजे देखि हट्ने भएको छ । शनिबार विहान देखि जुम्ला बजार खुल्ने भएको हो । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सुचना अनुसार विहान ६ बजे देखि दिउँसो ४ बजे सम्म बजार खुलाइने भएको छ । तर व्यापारीले जनस्वास्थ्य तथा सुरक्षा माफदण्डको अनिवार्य पालना गर्नुपर्ने छ ।
जिल्ला प्रशासन कार्यालय जुम्लामा डिजिटल बडापत्र राखिएको छ । यसअघि खस भाषामा अडियो बडापत्र राखिएको जुम्ला प्रशासनमा पहिलो पटक डिजिटल बडापत्र राखिएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर मेसिनबाट स्वाब परीक्षण थालिएको छ ।
जुम्ला तिला गाउँपालिका ९ की पम्फा बुढा नौ महिनाकी गर्भवती हुन् । उनी सुत्केरी हुने समय नजिकिदै गर्दा पोषिलो खानेकुराको जोहो गर्न थालेकी छिन् । नियमित स्वास्थ्य संस्थामा पुगेर गर्भजाँच गर्दै आएकी पम्फा गाउँपालिका उपाध्यक्ष बिष्णु बुढाले पोषिलो खानेकुरा उपलब्ध गराउँदा निकै खुसी भइन् ।
नेपाल सरकारले लकडाउनको समय बढाउँदै गएपछि कर्णाली प्रदेश सामाजिक मन्त्रालयले जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाका नागरिकको उद्धार गरेको छ।
जुम्लाबाट पैदल यात्रा गरी बर्दियाको राजापुर पुग्ने लक्ष्य लिएर पैदल हिँडेका राजापुर नगरपालिकाका ३९ थारु समुदायका कामदारलाई यहाँ उद्धार गरिएको छ।
पछिल्लो समय सुर्खेत छिन्छु हुदैँ जाजरकोट भएर पैदल यात्रा गरेर आउनेको संख्या बढेपछि जुम्लाबासीले तत्काल जुम्ला जाजरकोट नाकामा कडाइ गर्न माग गरेका हुन्।
जिल्लाको चन्दननाथ नगरपालिकाले कोरोना भाइरस (कोभिड – १९) को नियन्त्रण तथा रोकथामका लागि एक करोडको राहत कोष खडा गरेको छ। नगरकार्यपालिका बैठकले नगरपालिकामा विनियोजित विभिन्न शिर्षकको बजेट रकमान्तर गरेर राहतकोष खडा गरेको हो। कोषमा जनप्रतिनिधिको दुइ पटकको बैठक भत्ता र कर्मचारीको दुइ दिनको तलब जम्मा हुनेछ।
जिल्ला प्रशासन कार्यालय जुम्लाले विदेशबाट आउनेहरुको तथ्यांक संकलनको काम अघि बढाएको छ। भारत र खाडीमुलुकबाट आएका नागरिकहरुको तथ्यांक एकिकृत गर्ने काम स्थानीय प्रशासनले थालेको हो।
जिल्लाको तातोपानी गाउँपालिका– ७ का पाँच जना युवा चैत १० गते गाउँमा पुगे। कोरोना प्रभावित छिमेकी मुलुक भारतबाट आएका उनीहरुदेखी यतिबेला गाउँलेहरू त्रासिद छन्। उनीहरू न अहिले सम्म निगरानी केन्द्रमा छन्। न कुनै सावधानी अपनाएका छन्। अहिलेसम्म उनीहरू उल्टै भेटघाटमै व्यस्त छन्।
कर्णाली प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको संयोजकत्वमा गठन गरेको अस्पताल परिचालन तथा समन्वय समिति जुम्लाका हरेक स्थानीय तहमा निर्माण गरिएका निगरानी केन्द्र अनुगमन गर्न गाउँमा पुगेको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारी कार्यव्यस्तताका कारण आउन नसकेपछि जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीको नेतृत्वको टोली निगरानी केन्द्रको अनुगमनमा निस्केको हो।
तिला गाउँपालिकाले ५० बेडको क्वारेन्टाइन निर्माण गरेको छ। यहाँको सितानगर बजारमा रहेको सिता माध्यमिक विद्यालय रारालिहीमा २० बेड, त्रिवेणीमा रहेको भैरव आधारभुत विद्यालयमा १० बेड, नाभिडाँडा आधारभुत विद्यालय सापुल्लीमा १० बेड र कुडारी वडा कार्यालयमा १० बेडको क्वारेन्टाइन निर्माण गरिएको हो।
जिल्लाको हिमा गाउँपालिका हेल्थ डेस्क स्थापना भएको दुइ साता बित्यो। ६ स्थानमा क्वारेन्टाइन छन् । तर हेल्थ डेस्कमा ज्वरो नाप्ने ‘थर्मल स्क्यानर’ नहुदा चेकजाँचमा समस्या भईरहेको छ। गाउँपालिका अध्यक्ष रजबहादुर शाही ‘थर्मल स्क्यानर’ खरिद गर्नका लागि धेरै ठाउँ पहल भएपनि पाउन नसकिएको बताउँछन्।