६ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

जुम्लामा विदेशबाट फर्किएकाहरू निगरानी केन्द्रमा बस्न मानेनन्

जुम्ला – जिल्लाको तातोपानी गाउँपालिका– ७ का पाँच जना युवा चैत १० गते गाउँमा पुगे। कोरोना प्रभावित छिमेकी मुलुक भारतबाट आएका उनीहरुदेखी यतिबेला गाउँलेहरू त्रासिद छन्। उनीहरू न अहिले सम्म निगरानी केन्द्रमा छन्। न कुनै सावधानी अपनाएका छन्। अहिलेसम्म उनीहरू उल्टै भेटघाटमै व्यस्त छन्।  

गाउँले निगरानी केन्द्र बनाएर १४ दिन अलग्गै बस्न आग्र गर्छन्। तर उनीहरु मानिरहेका छैनन् । गाउँमा उनीहरुले अटेर गर्दा गाउँ नै जोखिममा पर्न सक्ने स्थानीय जनक कुँवर बताउँछन्। 

सरकारले छिमेकी राष्ट्र भारत तथा तेस्रो मुलुकबाट फर्किएका नागरिकबाट कोरोना संक्रमणको जोखिम हुने आँकलन गर्दै उनीहरुलाई अनिवार्य निगरानी केन्द्रमा राख्न भनेको छ। तर जुम्लामा भने हेलचेक्य्राइँ गरिएको छ। विदेशबाट फर्किएकाहरु निगरानी केन्द्रमा नबसेर गाउँ डुलिरहेका छन्। यो राम्रो होइन्’, उनले भने ।

तातोपानी गाउँपालिकाको भेरिखोला क्षेत्रमा कुनै सर्तकता नअपनाईएको स्थानीय भरत रावत गुनासो पोख्छन। ‘महामारीको बेला स्थानीय तह गैरजिम्मेवार बनेको छ, लकडाउनको पालना समेत भएको छैन,’ उनले भने। त्रिवेणी टोप्ला सडक खण्डमा आवत जावत नरोकिएपछि स्थानीयले सडकमा बार लगाएर लकडाउन पुर्ण पालना गराउने प्रयास गरिएको उनले जानकारी दिए।

आएकाहरुले बदमासी गरेको तातोपानी गाँपालिकाका अध्यक्ष नवराज न्यौपानेले बताएका छन्। गाउँ पुग्नासाथ क्वारेन्टाइनमा नबसेर घरपरिवारसँग घुलमिल भएकोले जोखिम बढेको उनले बताए। परिवारसहित घरको निगरानीमा बस्न आग्रह गरिएको अध्यक्ष न्यौपाने बताए। गाउँपालिकाले वडा नम्बर ५ को दुर्गा माध्यमिक विद्यालयमा ५० बेडको क्वारेन्टाइन निर्माण गरेको छ।

त्रासपछि हालसम्म जिल्ला बाहिरबाट करीब तीन हजार नागरिक जुम्ला भित्रिएका छन्। भारतबाट मात्रै कति भित्रिए भन्ने तथ्यांक संकलन गर्न स्थानीय तहसँग समन्वय भईरहेको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताएकी छन्। साथै उनले हेलचेक्य्राइँ नगरी सतर्कता अपनाउन सबैसँग आग्रह गरिन्।
 
यहाँको तातोपानी गाउँपालिकाले कोरोना भाईरसको रोकथामका लागि माक्स र साबुन वितरण अभियान संचालन गरेको छ। पालिकाभरीका ८ वडाका करिब ३२ सय ६८ घरधुरीलाई साबुन र १६ हजार ९ सय जनालाई मास्क वितरण समेत गरिएको छ।

प्रकाशित: १७ चैत्र २०७६ १३:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App