८ वैशाख २०८१ शनिबार
अर्थ

जुम्लामा ३० करोड बेरुजु

जुम्लाका एक नगरपालिकासहित सातवटा गाउँपालिकामा गरी ३० करोड १५ लाख २८ हजार रुपैयाँ बेरुजु देखिएको छ। स्थानीय तहको आर्थिक वर्ष ०७५/७६ को महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा जुम्लामा सबैभन्दा बढी बेरुजु चन्दननाथ नगरपालिकामा र सबैभन्दा कम बेरुजु हिमा गाउँपालिकामा देखिएको हो।

प्रतिवेदनका अनुसार चन्दननाथ नगरपालिकाको ८.२२ प्रतिशत अर्थात सात करोड चार लाख ४८ हजार रकम बेरुजु रहेको छ। सबैभन्दा कम हिमा गाउँपालिकाको २.३१ प्रतिशत अर्थात एक करोड १५ लाख रुपैयाँ बेरुजु देखिएको हो। त्यस्तै तिला गाउँपालिकाको ८.२० प्रतिशत अर्थात पाँच करोड ७३ लाख, पातारासी गाउँपालिकाको ११.२ प्रतिशत पाँच करोड ५५ लाख, सिंजा गाउँपालिकाको ८.४७ प्रतिशत अर्थात चार करोड ५६ लाख रुपैयाँ बेरुजु रहेको छ।

गुठीचौर गाउँपालिकाको ८.३४ प्रतिशत अर्थात तीन करोड ५८ लाख, तातोपानी गाउँपालिकाको ४.५५ प्रतिशत अर्थात दुई करोड ९३ लाख र कनकासुन्दरी गाउँपालिकाको ३.९९ प्रतिशत अर्थात दुई करोड ३५ लाख रकम महालेखापरीक्षको कार्यालयले बेरुजु देखाएको हो। महालेखा परीक्षकले चन्दननाथको ८५ करोड ७५ लाख, तिलाको ६१ करोड ८८ लाख, पातारासीको ५० करोड ९५ लाख रुपैयाँको लेखापरीक्षण गरेको प्रतिवेदनमा उल्लेख छ। तातोपानीको ६४ करोड ४७ लाख, कनकासुन्दरीको ५८ करोड ९६ लाख, सिंजाको ५३ करोड ९३ लाख, हिमाको ५० करोड ९५ लाख र गुठीचौरको ४२ करोड ९३ लाख रुपैयाँ लेखापरीक्षण गरिएको थियो। 

प्रकाशित: २९ श्रावण २०७७ ०४:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App