४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कर्णाली प्रतिष्ठानमा पिसिआर परीक्षण सुरु

जुम्ला, – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर मेसिनबाट स्वाब परीक्षण थालिएको छ । पहिलोपटक मुगुको खत्याडमा खटिएका ६ स्वास्थ्यकर्मी र एकजना तातोपानी गाउँपालिकाका स्थानीयको स्वाब परीक्षण गरिएको छ । प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेका अनुसार तातोपानीका स्थानीय ४५ दिनअघि भारतबाट आएका थिए । 

कर्णालीको जुम्लामै पिसिआर मेसिनबाट स्वाब परिक्षण सुरु भएपछि यहाँ कोराना परीक्षण सहज हुने भएको छ । ‘निकै ठुलो चुनौती र अभावका बीच पिसिआर मेसिन सञ्चालनमा आएको हो,’ रजिस्ट्रार काफ्लेले भने । उनका अनुसार पहिलो चरणमा दुई सय किट आएको हो । शनिबारसम्म एक हजार किट मगाउन पहल भइरहेको छ ।

प्रकाशित: २३ वैशाख २०७७ ०३:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App