६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

जुम्लाबाट राजापुर हिँडेका मजदूरको उद्धार

दैलेख - जुम्लाबाट पैदल यात्रा गरी बर्दियाको राजापुर पुग्ने लक्ष्य लिएर पैदल हिँडेका राजापुर नगरपालिकाका ३९  थारु समुदायका कामदारलाई यहाँ उद्धार गरिएको छ। लायन्स क्लबमा आबद्ध व्यक्तिले बटुवाका लागि सञ्चालन गरेको मेसमा खाना खुवाएर  सवारी साधनमार्फत राजापुरका लागि पठाइएको दैलेखका प्रहरी प्रमुख हरिबहादुर ओलीले जानकारी दिए। 

राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद थारुले यातायातबापतको रकम चालकलाई बर्दिया पुगेर भुक्तानी दिने गरी दैलेखबाट उनीहरूको उद्धार गरिएको हो।  साथीहरू हिँड्न नसक्ने अवस्थामा नभएको र  धेरैको खुट्टा फुटेको कुरा पत्रकारले थाहा पाएर सबैलाई जानकारी गराइदिएका कारण आफूहरूको उद्धारमा सहयोग भएको पैदल यात्री शिवप्रसाद थारुले जानकारी दिए। लायन्स क्लब दैलेखका सदस्यले व्यक्तिगत रुपमा एक हजार पाँच सय रुपैयाँ संकलन गरेर बटुवालाई खाना खुवाउने अभियान शुरु गरेको र अहिलेसम्म दुई सयभन्दा बढीलाई खाना खुवाएर गन्तव्यमा पठाइएको दैलेख लायन्सका अध्यक्ष नरेन्द्र केसीले जानकारी दिए। रासस

प्रकाशित: १० वैशाख २०७७ ०३:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App