लुम्बिनी प्रदेश: वर्षाले हजारौँ हेक्टरको धान क्षति
प्रदेशका १२ जिल्लामा काटेर खेतमै राखिएको ३६ हजार ४ सय ८० हेक्टर क्षेत्रफलको धान नष्ट भएको छ। यसै गरी काट्न बाँकी रहेको ९३ हजार ५ सय ७६ हेक्टर क्षेत्रफलको धान ढलेको छ।
प्रदेशका १२ जिल्लामा काटेर खेतमै राखिएको ३६ हजार ४ सय ८० हेक्टर क्षेत्रफलको धान नष्ट भएको छ। यसै गरी काट्न बाँकी रहेको ९३ हजार ५ सय ७६ हेक्टर क्षेत्रफलको धान ढलेको छ।
लुम्बिनी प्रदेशका नवनियुक्त वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाललाई गृहजिल्ला बाँकेमा स्वागत गरिएको छ।
मंगलबार पत्रकार भेटघाट कार्यक्रममा उनले आफ्नो कार्यकालमा जनताले अनुभूति गर्ने खालका काम गरेर देखाउने प्रतिवद्धता जनाए।
मोतीपुरका वास्तविक सुकम्बासीको समस्या हल गर्नका लागि सकुम्बासी समस्या सामाधान सुझाव कार्यदल निर्माण गर्न रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका हुन्।
‘मेरो परिवारै राजनीतिक परिवार हो, पञ्चायत कालमा पनि मेरो परिवारमा स्वर्गीय रणेन्द्र हमाल ‘भाईराजा’ हुनुहुन्थ्यो, जसले एक दशकसम्म नेपाली कांग्रेसमा योगदान पुर्याउनु भयो, मलाई पनि राजनीतिक नशाले छोयो, मैले खेलकुद र राजनीतिलाई सँग–सँगै अगाडि बढाएँ,’ हमाल सम्झन्छन्।
नेपालका लागि जेसिबीको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुर्भसले दाङको घोराहीस्थित रतनपुर चोकको शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।
आर्थिक वर्ष ०७७/०७८ का लागि प्रदेशसभामा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले अघिल्लो सरकारले ल्याएको बजेट बराबरकै बजेट घोषणा गरेका हुन्।
अघिल्लो सरकारको पालामा लोकप्रिय बनेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमलाई यो सरकारले हटाएको छ। त्यसको सट्टा ‘मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम’ ल्याइएको छ।
प्रतिस्थापन विधेयकमार्फत लुम्बिनी प्रदेश सरकारले बुधबार नयाँ बजेट ल्याउने भएको छ। बुधबार बस्ने लुम्बिनी प्रदेशसभाको बैठकमा सरकारका तर्फबाट आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले बजेट पेश गर्नेछन्।
लुम्बिनी प्रदेश सरकारले ल्याएको सञ्चार विधेयक पुनर्लेखन गर्न सरोकारवालाहरुले माग गरेका छन्। सञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संविधानको मर्म विपरित स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने गरी ल्याइएकाले पुनर्लेखन गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन्।
आर्थिक वर्षमा प्रोत्साहन भत्तास्वरुप प्रमुख प्रशासकयि अधिकृतलाई दश हजार, अधिकृत आठौं/ सातौंलाई ७ हजार ५ सय, छैटौंको ७ हजार, चौथौं/पाचौंको ६ हजार ५ सय र कासको रु. ६ हजार गरी २४ लाख ७८ हजार ३ सय ६६ रुपैया खर्च गरेको महालेखा परीक्षकको प्रतिबेदनले पुष्टि गरेको छ।
लुम्बिनी प्रदेश सभा बैठक फेरी सरेको छ। आज (बुधबार) दिउँसो १ बजेलाइ बोलाइएको बैठक असोज २० गते बस्ने गरी स्थगित गरेको प्रदेश सभा सचिव दुर्लभ कुमार पुनले बताए।
लुम्बिनी प्रदेशका बाह्र जिल्ला मध्ये १० वटामा नेपाली काँग्रेसको गाउँ–नगर अधिवेशन सुरु भएको छ। बाँके र गुल्मी बाहेकका जिल्लामा बिहान ८ बजेदेखि निर्वाचन कार्यक्रम सुरु भएको हो। जसअन्तर्गत पालिकाहरुमा उम्मेदवारी दर्ता सकिएको छ। बाँकेमा क्रियाशील सदस्यता विवाद टुंगिन बाँकी छ। गुल्मीमा आन्तरिक विवादका कारण अधिवेशन सुरु हुन नसकेको बताइएको छ।
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधानभन्दा माथि कोही पनि हुननसक्ने भएकाले सबैले संविधानअन्तर्गत छौं भन्ने कुरा बुझेर आत्मसात गर्नुपर्ने बताएका छन्।
प्रतिपक्षी दल (नेकपा एमाले)ले अवरोध गरेपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ।