६ वैशाख २०८१ बिहीबार
राजनीति

लुम्बिनी प्रदेश सभा बैठक पुन: स्थगीत

लुम्बिनी प्रदेश सभा बैठक फेरी सरेको छ। आज (बुधबार) दिउँसो १ बजेलाइ बोलाइएको बैठक असोज २० गते बस्ने गरी स्थगित गरेको प्रदेश सभा सचिव दुर्लभ कुमार पुनले बताए। 

प्रतिपक्ष दल एमालेले पार्टीको विधान महाधिवेशनमा सहभागी हुनुपर्ने कारण देखाएपछि सभामुख पूर्णबहादुर घर्तीले बैठक सारेका हुन।  

गठबन्धन सरकार बने लगत्तै प्रदेश सभाको नवौं अधिवेशन आह्वान गरीएको थियो। चालु अधिवेशनका कुनैपनि बैठक पूर्ण स्पमा बस्न सकेको छैन। 

एमाले संसदिय दलले गठबन्धन सरकारका मन्त्री सांसद अजय शाही र माओवादी केन्द्रका सांसद  बिमला वलीलाइ आफनो पार्टीको दावी गर्दै उनीहरुलाइ कारबाहीको माग राखेर संदन अबरुद्ध गर्दै आएको  छ।

प्रकाशित: १३ आश्विन २०७८ ०८:२३ बुधबार

लुम्बिनी प्रदेशसभा बैठक फेरि स्थगन