९ आश्विन २०८१ बुधबार
image/svg+xml

जेठ २५ सम्म कर तिर्नुपर्ने ताकेताको भद्र अवज्ञाको विकल्प छैन : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेठ २५ गते भित्र कर तिर्नुपर्ने ताकेताको भद्र अवज्ञाको विकल्प नभएको बताएका छन्। एक विज्ञप्ति जारी गर्दै देउवाले कर तिर्ने ताकेता फिर्ता गर्न र समयावधि थप गर्न सरकारलाई आग्रह गरेका छन्।

कांग्रेस सांसदद्धारा संविधान संशोधन विधेयक दर्ता

नेपाली कांग्रेसका केही सांसदहरुले संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गराएका छन्। विधेयक दर्ता गर्न संसद सचिवालय पुगेका सांसदहरुले पार्टीको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार संशोधन विधेयक दर्ता गराएको बताएका छन्।

रुकुम घटनाको छानबिनका लागि संसदिय समिति गठन गर्न माग

प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले रुकुम घटनाको छानबिनका लागि संसदिय समिति गठन नभए कडा कदम चाल्ने चेतावनी दिएको छ ।

संबिधान संशोधनको पक्षमा मतदान गर्न संसदीय दललाई कांग्रेस निर्देशन

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुराको भू–भाग समावेश गरी सार्वजनिक गरेको नक्सालाई संविधानको अनुसूचीमा समावेस गर्नेगरी ल्याएको संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।

बोल्दा भाइरल, नबोल्दा गुमनाम

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ट्वीट गर्दै लेखेका छन्, ‘जनयुद्ध र गणतन्त्रले के दियो भन्नेहरूले देशको धरातलीय यथार्थको प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशकी सांसद झोवा विकलाई सुन्ने र आफैँसँग मम भन्ने कि ?’ पूर्वप्रधानमन्त्री भट्टराई मात्र होइन यतिबेला सामाजिक सञ्जाल फेसबुक, ट्वीटरमा कर्णाली प्रदेशको मुगुबाट समानुपातिक सांसद झोवा विक भाइरल भएकी छिन् ।

कांग्रेसको निष्कर्ष : बजेटले कोरोना प्रभावित जनताको रक्षा गर्न सक्दैन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटले कोरोनाबाट प्रभावित जनताको जीवन रक्षा गर्न नसक्ने बताएको छ। शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले बजेट प्रचारमुखि मात्रै भएकाले यसले जनताको जीवन रक्षा गर्न नसक्ने निष्कर्ष निकालेको हो।

नियतको राजनीति नगर्न कांग्रेसको चेतवानी

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरसको नियन्त्रणमा असफल सरकारलाई राष्ट्रियताको मुद्दामा नियतको राजनीति नगर्न चेतावनी गराएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै कांग्रेसले अरुलाई लाल्छना लगाउनभन्दा परिपक्व र जिम्मेवार पहलकदमी लिन आग्रह गरेको हो ।

संविधान संशोधन विधेयक अघि नबढाएकोमा कांग्रेसका युवा नेताको खबरदारी

‘परिवर्तित नक्सालाई संविधानको अंग बनाउन प्रस्तुत संशोधनको पक्षमा उभिने पार्टी नेतृत्वको निष्कर्षको स्वामित्व लिन केन्द्रीय समितिको बैठक चाहिएको हो । यो औपचारिकता पूरा गरौं र ‘फास्ट ट्रयाक’ बाट संविधान संशोधन पारित गरौं ।’

संविधान संशोधनमा कांग्रेसको साथ

जनता समाजवादी पार्टीका नेताले भने संविधान संशोधन गर्दा मधेसवादी दलले उठाएका मुद्दा पनि सम्बोधन गर्न आग्रह गरेका छन्।

कांग्रेसले संविधान संशोधनबारे केन्द्रीय कार्यसमितिको बैठकबाट निर्णय लिने

संविधान संशोधनका विषयमा नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठकबाट मात्रै निर्णय गर्ने भएको छ। कांग्रेस केन्द्रीय पदाधिकारीको आइतबार बसेको बैठकले केन्द्रीय कार्यसमितिको बैठकबाट संविधान संशोधनको विषमा कसरी अगाडि बढ्ने भन्ने विषयमा निर्णय गर्ने सहमति गरेको हो।

विदेशमा रहेकाहरूको अवस्था जान्न एप

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रेस्क्यु नेपाली एप र वेब एप सार्वजनिक गरेको छ । संकटमा उद्धार गर्नु मातृभूमिको कर्तव्य भएको जनाउँदै कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार दिउँसो एप सार्वजनिक गरेका हुन् ।

असन्तुष्ट जिल्ला सभापतिहरुले चैत अन्तिम साता भेला गर्ने !

मंगलबार काठमाडौंमा बसेको ११ जिल्ला सभापतिको बैठकले पार्टीलाई केन्द्रीय समितिले मनोमानी ढंगले चलाएको भन्दै त्यसको विरोधमा उत्रने निर्णय गरको हो। केन्द्रीय सदस्य पनि तल्लो तहबाटै निर्वाचित भएर आउनुपर्ने, पार्टीको हरेक निकायमा समानुपातिकमा पटक पटक स्थान दिइनु नहुने उनीहरुको माग छ।

सत्ता र प्रतिपक्षबीच दूरी बढ्दै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओली नेतृत्वको सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच दूरी बढ्दै गएको छ।

कांग्रेस बैठक बस्दै, समसामयिक सन्दर्भ र आन्तरिक विषयबस्तुमाथी छलफल

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो तीन बजेका लागि डाकिएको छ।

कुरै ठूला, काम छैन

प्रजातन्त्रको उदयपछि नेपाली कांग्रेस सत्ताको वरपर रह्यो। २०१५ सालको आम निर्वाचनमा नेपाली जनताले कांग्रेसलाई ठूलो पार्टी बनाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्