१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml

आँखा पाक्ने रोगः सातवटै प्रदेशको नमूना अध्ययन गरिने

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा प्रयोगशालाले सातवटै प्रदेशमा रहेका अस्पतालबाट आँखा पाक्ने रोगको भाइरसको लागि नमूना संकलन गरेर पठाउन आग्रह गरेको छ।

आँखा रोग विशेषज्ञ डा.थापा भन्छन्- दुई हप्ताभित्रै आँखा पाक्ने रोगको सङ्क्रमण कम हुन्छ

यतिबेला मुलुकका अधिकांश भेगमा आँखा पाक्ने रोगको सङ्क्रमण व्यापक रुपमा फैलिएको छ। काठमाडौँका अस्पतालमा मात्र नभई देशका अन्य अस्पतालहरुमा पनि यो रोगबाट प्रभावित बिरामीहरुको चाप निकै नै बढेको समाचारहरु सार्वजनिक भइरहेका छन्।

आँखा पाक्ने रोगको कारण भक्तपुरका विद्यालय धमाधम बन्द

चाँगुनारायण नगरपालिका क्षेत्रभित्र सञ्चालित विभिन्न विद्यालयमा अध्ययनरत ३५ प्रतिशत विद्यार्थीमा आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएको छ।

आँखा पाक्ने रोगको प्रकोप बढेपछि पोखराका स्कुल तीनदिन बन्द

आँखा पाक्ने रोगको प्रकोप बढेपछि पोखराका विद्यालय तीनदिन बन्द हुने भएका छन्। आँखा पाक्ने रोगको प्रकोपले विद्यार्थीलाई सताएपछि पोखरा महानगरपालिकाले महानगर भित्रका सबै विद्यालय तीनदिन बन्द गर्ने निर्णय गरेको हो।

आँखा पाक्ने रोगबाट बच्न सरसफाइ र सामाजिक दूरी कायम गर्न सुझाव

चितवन सहितका जिल्लामा यति बेला आँखा पाक्ने रोग निकै बढेर गएको छ। कतिपय पालिका शिक्षण संस्था बन्द गरेर रोग नियन्त्रणमा जुटेका छन्। चिकित्सकले कोभिड–१९ झै हातको सरसफाइ, सामाजिक दूरी कायम गर्नसके रोगबाट बच्न सकिने सुझाव दिएका छन्।

आँखा पाक्ने रोगबाट बच्न सरसफाइ र सामाजिक दूरी कायम गर्न सुझाव

चितवनसहितका जिल्लामा यति बेला आँखा पाक्ने रोग निकै बढेर गएको छ। कतिपय पालिका शिक्षण संस्था बन्द गरेर रोग नियन्त्रणमा जुटेका छन्।

आँखा पाक्ने रोगको प्रकोप बढेपछि जनकपुरका विद्यालयहरु बन्द

आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि जनकपुरधाम उपमहानगरपालिकाले विद्यालयहरु एक साताको लागि बन्द गर्ने निर्णय गरेको छ।

नेपालगन्जमा आँखा पाक्ने रोगबाट विद्यार्थी बढी प्रभावित

बाँकेका नेपालगन्ज, कोहलपुर लगायतका स्थानमा आँखा पाक्ने रोगबाट बढी विद्यार्थी तथा बालबालिका प्रभावित भएका छन्। करिब दुई हप्तादेखि फैलिएको आँखा पाक्ने रोगबाट यहाँका विद्यार्थी तथा बालबालिका बढी प्रभावित भएका हुन्।

कर्णालीका अस्पतालमा बिरामीको भीड

कर्णालीका विभिन्न जिल्लामा आँखा पाक्ने रोग देखापरेको छ। सुर्खेत, दैलेख र कालिकोटका स्वास्थ्य संस्थामा उपचारका लागि आउने आँखाका रोगीहरूको भीड नै लाग्ने गरेको छ।

फैलिँदै आँखा पाक्ने रोग

कैलाली र कञ्चनपुरमा आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएको हो। आँखा पाक्ने रोगका कारण अहिले दैनिक सयौंको संख्यामा बिरामीहरु आँखा उपचारका लागि अस्पताल पुग्ने गरेका छन्।

ताप्लेजुङमा बढ्याे आँखा पाक्ने रोग

ताप्लेजुङमा दिनहुँ आँखा पाक्ने रोगी बढ्दै गएका छन्। आँखाको समस्या लिएर परीक्षण तथा उपचारमा आएकामध्ये ३६ प्रतिशत सम्म आँखा पाक्ने समस्याका बिरामी आउने गरेको नेपाल नेत्र ज्योति संघ ताप्लेजुङद्धारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्