२३ आश्विन २०८१ बुधबार
image/svg+xml

मानेभञ्ज्याङ्गमा १२ विद्यालयको विद्यार्थी संख्या २० भन्दा कम

सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढ्नुको साटो वर्षेनी घट्दो छ। शिक्षा नियावलीमा पहाडका विद्यालयमा एक शिक्षक बराबर ४५ जना विद्यार्थी हुनुपर्ने व्यवस्था छ।

विद्यालयको नाम र विद्यार्थी परिचयपत्र अब नेपालीमाः महानगर

काठमाडाैं महानगरपालिकाले संस्थागत विद्यालयको नाम र विद्यार्थीलाई उपलव्ध गराउने परिचयपत्र नेपाली भाषामै राख्न लगाउने भएको छ ।

सरकारविरुद्ध विद्यार्थी संगठनद्वारा प्रदर्शन

पाल्पाको सदरमुकाम तानसेनमा विद्यार्थी संगठनहरुले सरकारविरुद्ध प्रदर्शन गर्दै एक घण्टा चक्काजाम गरेका गरेका छन्।

संस्कृत स्कुलका ती दिन...

घर नजिकै रहेको कमलादेवी प्राविबाट कक्षा ५ उत्तीर्ण गरेपछि मनमा नयाँ स्कुल उत्साह, अन्योल र खुसी तरंगित भइरहेका थिए। त्यतिबेला गाउँमा दुई ठूला स्कुल थिए– सिपा तीनघरे निमावि र ऐंसेलुखर्क मावि। पढाइ, अनुशासन र अतिरिक्त क्रियाकलापमा सिपा तीनघरे निमावि सिन्धुपाल्चोक जिल्लाभर अब्बल मानिन्थ्यो। कक्षा ७ सम्म पढाइ हुने भए पनि गाउँका धेरै मानिसको रोजाइ तीनघरे निमावि थियो।

विद्यालयकी एक्ली विद्यार्थी

मानेभञ्ज्याङ गाउँपालिका–४ स्थित सानोजुरे आधारभूत विद्यालयकी एक्ली विद्यार्थी हुन् खुसी राई। उनी कक्षा २ मा पढ्छिन्। विद्यालयमा तीन विद्यार्थी भर्ना भए पनि उनी मात्र नियमित स्कुल आउँछिन्। विद्यालयमा शिक्षक पनि एकजना मात्र छन्, बाबुराम राई। स्थायी शिक्षक उनी प्रधानाध्यापक हुन्।

स्याउ फल्न छाडेपछि सिकाइ केन्द्र बन्दै बागवानी

कुनै समयमा स्याउ उत्पादनका लागि प्रसिद्ध मानिएको बैतडीको सुख्खा फलफूल विकास केन्द्र अहिले विद्यार्थीको लागि सिकाइ केन्द्र बन्न थालेको छ। दशरथचन्द राजमार्गसँगै जोडिएको दशरथचन्द नगरपालिका–१, सतबाँजमा जलवायु परिवर्तनका कारण पछिल्लो १० वर्षयता स्याउ उत्पादन हुन छोडेको छ।

बालकथा : निलिमाको नयाँ स्कुल

निलिमाको बाबा सहरमा जागिर खानुहुन्थ्यो। गाउँमा ६ कक्षा पास गरेपछि निलिमालाई बाबाले सहर लैजानुभयो। आमा पनि सँगै जानुभयो। बाबाले सहरको सुविधासम्पन्न स्कुलमा निलिमालाई कक्षा ७ मा भर्ना गरिदिनुभयो।

त्रिविमा नयाँ विषय थपिँदै, पुराना सुक्दै

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले अध्ययनबिना नै नयाँ विषय थप्दै जाने प्रवृत्तिका कारण विगतमा स्थापित महत्वपूर्ण विषयमा विद्यार्थी घट्दै गएका छन्। विश्वविद्यालयका पदाधिकारीले लहडमै नयाँ विषयका विभाग खोल्ने र प्रमुख हुने उद्देश्यले नयाँ विषय थप्दै जाँदा पुराना विषयमा विद्यार्थी सुक्दै गएको प्राध्यापकले नै औंल्याएका छन्।

गाउँपालिकाबाट ‘ट्युसन फी’ पाउँदा विद्यार्थी खुसी

चैतमा सञ्चालन हुने एसइईको तयारीमा विद्यार्थी जुटिरहेका छन्। कतिपय विद्यार्थी विद्यालयबाहिरै अंग्रेजी, विज्ञान र गणित विषयका ‘ट्युसन’ पढिरहेका छन्। विद्यालयमा ट्युसन कक्षा सञ्चालन नहुँदा आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरू अन्यत्र गई पढ्न सकिरहेका छैनन्।

पुस्तक वितरण गरेर जन्मदिन मनाउँछन् विद्यार्थी

स–साना विद्यार्थीले आफ्नो जन्मदिन कसरी मनाउलान्। धेरैको सहज जवाफ हुनसक्छ– स्कुलका आफ्ना सहपाठीहरूलाई चकलेट बाँंडेर वा भोज खुवाएर। तर भक्तपुरको एउटा स्कुलका विद्यार्थीले आफ्नो जन्मदिन उदाहरणीय काम गरेर मनाउने गरेका छन्। भक्तपुरको मिवाछें व्यासीस्थित एभरेस्ट इङलिस स्कुलका विद्यार्थी आ–आफ्ना जन्मदिनमा जम्मा पारेको रकमले पुस्तक किनेर दुर्गम क्षेत्रका विद्यार्थीलाई निःशुल्क बाँड्छन्।

त्रिविको ४४ औं दीक्षान्तमा छात्रा वर्चस्व

त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा लामो समयदेखि छात्रहरु सर्वोत्कृष्ट हुँदै आएका थिए भने यस वर्षको दीक्षान्तमा छात्राहरु उत्कृष्ट भएका छन्। विगतमा एक दुई विषयमा मात्र छात्रा उत्कृष्ट हुने गरेका थिए भने यस वर्ष उत्कृष्ट विद्यार्थीको पदकमा छात्राहरुकै बाहुल्यता रह्यो।

विद्यार्थी पिट्ने शिक्षकलाई कारबाही माग

कुटपिटबाट विद्यार्थीको मृत्यु भएको घटनाका दोषीलाई कारबाही गर्न राष्ट्रिय जनता पार्टी बाराले माग गरेको छ। राजपाका बारा संयोजक मनोज चौरसियाले बिहीबार विज्ञप्ति निकालेर प्रहरी प्रशासनसँग दोषीलाई कारबारहीको माग गरेका हुन्।

रोल्पाका क्याम्पसमा विद्यार्थी अभाव

रोल्पाको सदरमुकाममा रहेको जलजला बहुमुखी क्याम्पसको आफ्नै ठूलो भवन छ। कक्षाकोठा र शिक्षक पनि पर्याप्त छन तर विद्यार्थी भने जहिले अभाव। शिक्षा, मानविकी र व्यवस्थापन गरी तीन संकायको पढाइ हुने यहाँ प्रथम वर्षमा करिब सय विद्यार्थी छन्। दोस्रो वर्षमा ९५, तेस्रोमा ७२ र चौथो वर्षमा ६५ जना भर्ना भएका छन्। त्यसमा पनि २५ प्रतिशत विद्यार्थी पनि नियमित क्याम्पस आउँदैनन्।

वीरगञ्ज महानगरपालिकाका प्रमुखविरुद्ध प्रदर्शन, घण्टाघर तनावग्रस्त

वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीविरुद्ध विद्यार्थीहरुले प्रदर्शन गरेका छन्।

सङ्गत

आज कथा सुन्ने पालो। कक्षाका सबै विद्यार्थीहरू कथा सुन्न उत्सुक थिए। गुरुआमा पनि कथा सुनाउन तयार हुनुहुन्थ्यो। कुनचाहिँ कथा सुनाउने होला ? गुरुआमा एकछिन् सोचमग्न हुनुभयो। उहाँले मनमनै सोच्नुभयो – कथा सुनेर बाबुनानीले केही ज्ञानगुनका कुरा सिक्नुपर्छ। यस्तै सोचेर गुरुआमाले कथा भन्न थाल्नुभयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्