१२ मंसिर २०८१ बुधबार
image/svg+xml

छुपुमा छुपु...

नेवार समुदायमा देखिने अर्को रौनक खेतका आलीमा लहरै बसेर खाने रोपाइँ भोज पनि हो । आलीको डिलमा बसेर आलुको अचार र पेय पदार्थ खाँदा होस् या मासु–चिउरासँग अइला खाँदा वातावरणमा छुट्टै रौनक हुन्छ ।

धान रोपाइँ ८६ प्रतिशत

समयमा वर्षाद नभएर रोपाइँ ढिला सुरु भए पनि यो वर्ष गत वर्षकै हाराहारीमा धान रोपाइँ भएको छ। साउनको तेस्रो सातासम्म मुलुकभर ८६ प्रतिशत रोपाइँ भएको कृषि तथा पशुपक्षी मिन्त्रालयले जनाएको छ।

रसुवामा ७४ प्रतिशत रोपाइँ

रसुवामा ७४ प्रतिशत रोपाइँ सकिएको छ। धान रोपाइँ हुने क्षेत्रमा पर्याप्त पानी परेपछि धान रोपाइँले गति लिएको हो। गत असार १६ गतेसम्ममा जिल्लामा १० प्रतिशत रोपाइँ भएको थियो। गत वर्ष समयमै मनसुन सक्रिय भएका कारण जिल्लाका कृषकले जेठ मसान्तबाटै रोपाइँ सुरु गरेका थिए। यो वर्ष भने असारको पहिलो सातादेखि रोपाइँ सुरु भएको थियो।

बाँकेमा ८० प्रतिशत रोपाइँ

बाँकेमा ८० प्रतिशत रोपाइँ सम्पन्न भएको छ। विगत एक महिनादेखि पर्याप्त मात्रामा वर्षा भएकाले धान रोपाइँको दर पनि ह्वात्तै बढेको कृषि ज्ञान केन्द्र नेपालगन्जले जनाएको छ।

ओखलढुंगामा ३५ प्रतिशत रोपाइँ

ओखलढुंगामा मध्य साउन लाग्दा करिब ३५ प्रतिशत रोपाइँ सकिएको छ। लामो समयको खडेरीपछि पानी परे पनि मूल नफुटेका कारण रोपाइँ ढिला भएको भएको कृषि ज्ञान केन्द्र ओखलढुंगाले जनाएको छ।

खोटाङमा साउन पहिलो सातासम्म ६२ प्रतिशत रोपाइँ

ढिलो वर्षा भएका कारण खोटाङमा हालसम्म ६२ प्रतिशत मात्र रोपाइँ भएको छ। लामो समयसम्म खडेरी परेकाले मैझारो हुने बेलामा करिब ६२ प्रतिशत मात्र रोपाइँ भएको हो।

खोटाङमा ६२ प्रतिशत मात्र रोपाइँ

ढिलो वर्षा भएका कारण खोटाङमा हालसम्म ६२ प्रतिशत मात्र रोपाइँ भएको छ। लामो समयसम्म खडेरी परेकाले मैझारो हुने बेलामा करिब ६२ प्रतिशत मात्र रोपाइँ भएको हो।

मल अभावले रोपाइँ प्रभावित

धानबालीका लागि किसानले पर्याप्त मल पाउन नसक्दा प्रदेश १ का अधिकांश जिल्लामा रोपाइँ सुस्त भएको छ। धानबालीका लागि मल पाइन्छ कि भन्ने आशामा रहेका किसान मलका लागि केही समय कुर्ने योजनामा रहेकाले रोपाइँ गर्न ढिलाइ भइरहेको हो।

धान रोपाइँ ४० प्रतिशत मात्र

समयमा वर्षात् सुरु नभएकाले असार मसान्तसम्म धान रोपाइँ ४०.४६ प्रतिशत मात्र भएको छ। यो पाली गत वर्ष भन्दा २३.४२ प्रतिशत कम रोपाइँ भएको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ।

वर्षासँगै रोपाइँ गर्न भ्याइनभ्याइ

साताभरको मुसलधारे झरीसँगै आएको बाढी सकियो। अब किसानलाई खेतको रोपाइँ गर्न भ्याइनभ्याइ छ। खेतको माटो रोपाइँका लागि चाहिएजस्तो गलेर मलिलो भएको छ। बाढीको पानी खेतबाट फर्केपछि मौकाको लाभ लिँदै किसानले तीव्र गतिमा रोपाइँ बढाएका छन्। पर्साको सिबर्वाका किसान लालदेव राउत कुर्मीका अनुसारधेरैका लागि वर्षा बिपत्ती बनेर आएको छ भने कसैका लागि धान खेतीको शुभ साबित हुँदैछ।

दुमडा गाउँको पहिलो रोपाइँ

दुमडा गाउँमा पहिलो पटक रोपाइँ गरिएको छ। अमरगढी–६ को दुमडा गाउँमा सिँचाइ पुगेपछि पहिलो पटक रोपाइँ गरिएको हो।

‘बूढो बेर्ना रोप्दा आठ प्रतिशतसम्म उत्पादन घट्छ’

यो वर्ष समयमा बर्खा सुरु नहुँदा अहिलेसम्म एक चौथाइ मात्र धान रोपाइँ भएको छ। असार मसान्तसम्म पनि धान रोपाइँ गर्न नसके बूढो बेर्ना रोप्दा उत्पादनमा आठ प्रतिशतसम्मले कमी आउन सक्ने अनुमान विज्ञहरुले गरेका छन्।

कम वर्षा, कम रोपाइँ

धानखेती हुने क्षेत्रमध्ये ६० प्रतिशत हेक्टरमा आकाशे पानीको भर पर्नुपर्ने किसानको बाध्यता छ भने ४० प्रतिशतमा मात्र सिँचाइ सुविधा पुगेको कृषि प्राविधिक युगमणि भट्टराईले जानकारी दिए।

असार तेस्रो सातासम्म २० प्रतिशत रोपाइँँ

असारको तेस्रो सातासम्म रुपन्देहीमा अधिकांश किसानका खेत बाँझै छ। बिउ छिप्पिसकेको छ। खेतमा धाँजा फाटेको छ। खडेरीकै कारण हिँउदे बाली लगाउन नपाएका किसानले धानबाली पनि समयमै लगाउन नपाएपछि छट्पटिएका छन्।

खडेरीको मारमा किसान, रोपेका धान समेत सुक्न थाले

समयमा धान रोप्न नपाएपछि किसानहरु निकै तनावमा छन। उनीहरु मानो रोपेर मूरी फलाउने बेलामा भैरहेको समस्याले आगामी दिन निकै कष्ठकर हुने बताउँछन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्