७ वैशाख २०८१ शुक्रबार
अन्य

मल अभावले रोपाइँ प्रभावित

मोरङ ग्रामथानका किसान धान रोपाइँ गर्दै। तस्बिरः विनोद सुवेदी/नागरिक

विराटनगर– धानबालीका लागि किसानले पर्याप्त मल पाउन नसक्दा प्रदेश १ का अधिकांश जिल्लामा रोपाइँ सुस्त भएको छ। धानबालीका लागि मल पाइन्छ कि भन्ने आशामा रहेका किसान मलका लागि केही समय कुर्ने योजनामा रहेकाले रोपाइँ गर्न ढिलाइ भइरहेको हो।

मागअनुसार बजारमा मल नपाइने र थोरै मात्रै मल पाइने भएकाले रोपाइँमा ढिलाइ भइरहेको मोरङ ग्रामथान–५ का किसान रमेश चौधरीले बताए। चौधरीका अनुसार एक बोरा मल माग्न जाँदा बल्लतल्ल १० किलोमात्रै पाइने गरेको छ। मोरङमा मल वितरणको जिम्मा सहकारी संस्थाहरूले पाएका छन्। स्थानीय सहकारी संस्थाले कृषि सामग्री कम्पनी र साल्टट्रेडिङले पर्याप्त मल नदिएको भन्दै किसानलाई थोरै मल दिने गरेको चौधरीले बताए। ‘मल नै नपाएपछि कसरी रोपाइ“ गर्नु’, चौधरीले भने।

मोरङको ग्रामथान–५ मा साढे २ बिघा खेतमा धान लगाउ“दै आएका चौधरीले मोरङको मृगौलिया पुगेर १ बोरा मल ल्याएको बताए। मृगौलिया पुगरेर ल्याएको मल स्थानीय सहकारीले दिनेभन्दा महँगो भएको पनि उनले बताए। स्थानीय सहकारीले प्रतिबोरा डिएपी मलको २ हजार २ सय लिने गरेका छन्। तर, मृगौलिया पुगेर ल्याएको मलको मूल्य २ हजार ६ सय मूल्य तिर्नुपरेको उनले बताए। ‘मृगौलिया पुगेर १ बोरा मलको जोहो गरें’, उनले भने, ‘स्थानीय सहकारीको भन्दा बोरामा ४ सय रुपैयाँ बढी मूल्य तिर्नुप-यो।’ मृगौलियाबाट ल्याएको मल र स्थानीय सहकारीले दिएको मलले डेढ बिघामा धान रोपाइ“ गरे पनि अझै एक बिघा खेत रोपाइँ गर्न बाँकी रहेको उनले बताए। ‘कतैबाट मल जोहो हुन्छ कि भनेर रोपाइ“ केही दिनलाई सारेको छु’, उनले भने,‘खेत तयार भइसकेकाले मल पाए तत्कालै रोपाइ“ हुन्छ।’

ग्रामथान–५ का रामु चौधरी भने मल नभए पनि रोपाइँ गर्ने योजनामा छन्। ‘अहिले मल नभए पनि धान रोपाइँ थालिसकेको छु’, उनले भने, ‘मल भेटियो भने रोपाइँ सकिएपछि हाल्नुपर्ला।’ बजारमा युरिया मल पाइए पनि डिएपी मल नभएको चौधरीले बताए। चौधरीका अनुसार धान रोपाइँ गर्नुअघि खेतमा डिएपी मल प्रयोग गर्ने गरिएको छ। धान गोड्ने बेलामा युरिया मल चाहिन्छ। धानका लागि पर्याप्त मल नपाइएका कारण यस वर्ष धान उत्पादन कम हुने अर्का किसान श्याम विश्वास बताउँछन्।
मोरङ ग्रामथान–५ मा १० बिघा खेतमा धान लगाउँदै आएका उनले मलबिनै धान रोपाइँ गरिरहेको बताए। यता प्रदेश १ मा मलको आपूर्ति गर्दै आएको कृषि सामग्री कम्पनी र साल्टट्रेडिङ कम्पनीले पर्याप्त मल आयात नभएका कारण यस वर्ष मागअनुसार डिएपी मल आपूर्ति गर्न नसकेको बताउँदै आएका छन्।

मोरङमा हालसम्म ५० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भइसकेको प्रदेश १ कृषि निर्देशनालय विराटनगरले जनाएको छ। निर्देशनालयका अनुसार सुनसरीमा ४० प्रतिशत, झापामा ७० प्रतिशत खेतमा रोपाइँ भइसकेको छ। यस्तै ताप्लेजुङमा ७५, संखुवासभामा ६५, सोलुखुम्बुमा ७०, पा“चथरमा ७०, इलाममा ५४, भोजपुरमा ६५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भइसहेको छ। यस्तै तेह्रथुममा ५५, धनकुटामा ४०, उदयपुरमा ५५, ओखलढुंगामा ३५ र खोटाङमा ६२ प्रतिशत क्षेत्रफलमा रोपाइँ भइसकेको छ।

प्रदेशमा हालसम्म ५६.५४ प्रतिशत क्षेत्रफलमा रोपाइ“ सकिएको छ। प्रदेशमा कुल ३ लाख ४० हजार ८ सय ३९ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ। हालसम्म १ लाख ९३ हजार ८ सय २९ हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ। कृषि निर्देशनालय विराटनगरका कृषि प्रसार अधिकृत हृदयराम पोखरेलका अनुसार पहाडी क्षेत्रमा साउन १५ सम्म र तराईमा साउन २५ सम्म रोपाइ“ गर्नु उपयुक्त हुन्छ। ‘साउनको पहिलो सातादेखि दोस्रो सातासम्ममा धेरैजसो स्थानमा रोपाइँ हुने भएकाले अबको एक साताभित्र ७५ प्रतिशतभन्दा बढी रोपाइ“ भइसक्नेछ’, उनले भने।

दैनिक रुपमा वर्षा भइरहेका कारण सुख्खा क्षेत्रमा पनि यस वर्ष रोपाइँ हुने अनुमान गरिएको पोखरेलले बताए। वर्षा भइरहे पनि पर्याप्त मल उपलब्ध नहुँदा रोपाइँ प्रभावित भइरहेको उनले बताए।

प्रकाशित: ९ श्रावण २०७६ ०६:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App