१० मंसिर २०८१ सोमबार
image/svg+xml

सगरमाथा आरोहण गर्न २१ जना तिब्बत प्रस्थान

तिब्बतबाट सगरमाथा आरोहण गर्न २१ जना नेपाली आरोही तिब्बत प्रस्थान गरेका छन्। शनिबार २१ जनाको समूह चीन प्रवेश गरेको अध्यागमन कार्यालय रसुवाले जानकारी दिएको छ। एन्दोर्जी शेर्पा, लाक्पा ह्यालु शेर्पा, लाक्पा ह्याल्जेन शेर्पा, तेम्बा भोटे, रिन्जेन शेर्पा, मुक्तु लाक्पा शेर्पा, नुर्वु छिरिङ शेर्पालगायत सगरमाथा आरोहणका लागि तिब्बत गएका हुन्। बर्सेनि सगरमाथाको तिब्बती मोहोडाबाट पनि आरोही सगरमाथा आरोहणका लागि जाने गरेका छन्।

सगरमाथाको गाउँपालिका ‘खुम्बु’मा सडक

सगरमाथा अवस्थित स्थानीय तह खुम्बु पासाङल्हामु गाउँपालिकामा सडक पुगेको छ। माप्य दुधकोसी गाउँपालिका हुँदै खुम्बु पासाङल्हामु गाउँपालिकाको खरिखोलासम्म पु-याइएको ‘सगरमाथा सडक’को हालै एक कार्यक्रमबिच प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका हुन्।

खुम्बुलाई पर्यटकीय गाउँपालिका घोषणा गर्छु : मुख्यमन्त्री राई

विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित स्थानीय तह खुम्बु पासाङ ल्हामू गाउँपालिकामा सडक पुगेको छ। माप्य दूधकोशी गाउँपालिका हुदै खुम्बुपासाङल्हमू गाउँपालिकाको खरिखोलामा पु-याइएको सडकको मंगलबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका हुन्।

खुम्बुमा पहिलो पटक गाडी पुग्यो

विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको खुम्बुपासाङल्हामु गाउँपालिकामा पहिलोपटक गाडी पुगेको छ। सल्लेरीदेखि माप्यदूधकोशी गाउँपालिका हुँदै खुम्बुपासाङल्हामु–१ खरिखोला जोडिएको सडकको मङ्गलबार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे।

चार दिनमै चार करोड रूपैया राजश्व सङ्कलन

सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमालबाट तीन करोड ९० लाख नौ हजार २९७ रूपैंया राजश्व उठेको विभागको पर्वतरोहण शाखाका रामेश्वर निरौलाले जानकारी दिए। यीमध्ये सबैभन्दा बढी सगरमाथाबाट तीन करोड ५३ लाख रूपैंया राजश्व उठेको छ।

अमेरिकामा माउन्ट एभरेष्टको नाममा बाटोको नाम

अमेरिकामा माउन्ट एभरेष्टको नाममा दुईवटा बाटोको नामाकरण गरिएको छ। न्यूयोर्क राज्य सरकारले नेपाल र नेपालीहरुको सम्मानार्थ कुईन्सस्थित ज्याक्सन हाइटको बाटोलाई ’माउन्‍ट एभरेष्ट वे’ नामांकरण गरेको छ भने त्यो भन्दा अगावै क्यालिफोनियाको सान जोसेस्थित माउन्ट एभरेष्ट डिआर नामाकरण गरिसकिएको छ।

सगरमाथाको सफाइ कहिले ?

चीनले अघिल्लो साताबाट तिब्बततिर पर्ने सगरमाथा आधार शिविरमा जान पर्यटकलाई प्रतिबन्ध लगायो। अनिश्चितकालका लागि सगरमाथा चढ्न जानेबाहेकका पर्यटकलाई आधार शिविर जान प्रतिबन्ध लगाएको हो।

सगरमाथा सपना

वर्ष दिन अगाडि माघमा हरि बुढा मगरलाई ललितपुरस्थित उनकै घरमा भेट्दा अनुहार उदास थियो।  दुबै खुट्टा गुमे पनि सगरमाथा चुचुरो चुम्ने उनको सपना सरकारी नियमका कारण अन्यौलमा थियो।  सरकारले पर्वतारोहण सम्बन्धी नियमावली २०५९ संशोधन गरी दुई हात वा खुट्टा नभएको वा दुवै आँखाले देख्न नसक्नेलाई आरोहण अनुमतिमा रोक लगाएका कारण सन् २०१९ मा सगरमाथा चढ्ने योजना ‘पोष्टपोन्ड’ गर्दे उनी बेलायत लागेका थिए।

निकुञ्जमा फिल्म सुटिङ गर्न सकस

केही साताअघि बेलायतको एक डकुमेन्ट्री निर्माण टोलीले लुक्लास्थित सगरमाथा राष्ट्रिय निकुञ्जमा सुटिङ अघि अनावश्यक झन्झट खेप्नुपर्यो। नेपालमा विदेशी फिल्म खिच्न नेपाल सरकार सञ्चार मन्त्रालय र राष्ट्रिय निकुञ्जभित्र सुटिङ गर्नुअघि राष्टिय निकुञ्जको विभागबाट अनुमति लिए पनि सम्बन्धित निकुञ्जका अधिकारी र कर्मचारीहरूले बढी शुल्क लिएर टोलीलाई सुटिङ गर्न दिएका थिए।

करातेमा विनितालाई स्वर्ण

नेपालकी विनिता महर्जनले पाँचौं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा बिहीबार स्वर्ण जितेकी छन्। महिला ५५ केजीको फाइनलमा विनिताले नेपालकै दिलाशा श्रेष्ठलाई पराजित गरिन्।

सोनाम र दाबुटीलाई उपाधि

सगरमाथा आरोही दाबुटी शेर्पा सन् २०१८ को ‘मिस शेर्पा’ बनेकी छिन्। दिपास इन्टरनेशनलको आयोजनामा राजधानीमा भएको ‘मिस शेर्पा’को पाँचौ संस्करणमा ८ प्रतिस्पर्धीलाई उछिन्दै उनी ‘मिस शेर्पा’ बनेकी हुन्। सन् २०१७ मा सगरमाथाको सफल आरोहण गरेकी दाबुटीले ‘मिस बेस्ट ट्यालेन्ट’को विधागत अवार्ड पनि जितिन्।

पतिकाे पदचापमा फुरदिकी र निमडाेमा

सन् १९५३ मा तेन्जिङ नोेर्गे शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथामा पाइला टेकेयता संसारभरबाट पाँच हजार बढीले सगरमाथामा विजय हासिल गरिसकेका छन्। हामी कुरा गर्छौं, विजय हासिल गर्नेहरूको। प्रयास गर्ने तर विजय हासिल नगर्नेहरू पनि धेरै छन्। शेर्पा र हिलारीको सफलताअघि पनि त जर्ज मेलोरीले सगरमाथा आरोहणको प्रयास गरेका थिए।

पुराना ग्यास सिलिन्डर काट्दै उद्योग

सगरमाथा ग्यास उद्योग प्रालिले बजारबाट फिर्ता भएका धेरै पुराना र ‘हाइड्रोस्टाटिक टेस्ट’मा असफल भएका ‘सगर ग्यास’ ब्रान्डका सिलिन्डरहरुलाई काट्न थालेको छ।

'स्पिड आरोही' को कीर्तिमान लाक्पा गेलु कै कायम

सबै भन्दा छोटो समयमा सगरमाथाको आरोहण गर्ने 'स्पिड' आरोहीको कीर्तिमान लाक्पा गेलु शेर्पाकै आधिकारिक भएको छ। यस अघि गलत प्रमाणबाट कीर्तिमानी कायम गरेका आरोही पेम्बा दोर्जी शेर्पाको सर्वोच्च अदालत हुँदै पर्यटन विभागले पनि गलत रहेको प्रमाणित गरेपछि लाक्पा गेलुको नाममा स्पिड आरोहीको कीर्तिमान कायम भएको हो।

संसार देखाउँदै विश्वकै अब्बल आँखा अस्पताल

माेतियाबिन्दुको कारण बायाँ आँखाको दृष्टि गुमाएका सप्तरी बलानबिहुल गाउँपालिका २ मौवाहाका उम्देश्वर साह दृष्टि पाउँदा खुशीले गदगद भए। सगरमाथा चौधरी आँखा अस्पतालमा शल्यक्रियापछि दृष्टि पाएका उनमा खसीको सीमा थिएन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्