२० असार २०८१ बिहीबार
image/svg+xml
खेल

करातेमा विनितालाई स्वर्ण

काठमाडौं – नेपालकी विनिता महर्जनले पाँचौं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा बिहीबार स्वर्ण जितेकी छन्। महिला ५५ केजीको फाइनलमा विनिताले नेपालकै दिलाशा श्रेष्ठलाई पराजित गरिन्।

नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो नक्सालद्वारा आयोजित प्रतियोगिताको पुरुष २३ केजीमा नेपालका रोयल लामा पहिलो भए। उनले फाइनलमा आफ्नै राष्ट्रका सोहन गौतमलाई हराए। महिला ४५ केजीको फाइनलमा बंगलादेशकी प्रिया चौहानले नेपालकी विनिता चापागाईंलाई पाखा लगाउँदै पहिलो भइन्।

महिला २७ केजीमा भुटानकी खुशी गुरुङले स्वर्ण जितिन्। फाइनलमा खुशीले नेपालकी सपना तामाङको चुनौती पन्छाइन्। प्रतियोगिताको उद्घाटनको अवसरमा नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल हाप्किडो संघका अध्यक्ष कालिबहादुर घर्तिमगर लगायतलाई सम्मान गरेका थिए।

नेकपा अध्यक्ष दाहालले अखिल नेपाल खेलकुद महासंघका महासचिवसमेत रहेका कालिबहादुरलाई सम्मानपत्रसहित सम्मान गरेका हुन्। दुइदिने प्रतियोगितामा ६ राष्ट्रका १ हजार ३ सय १७ खेलाडीले प्रतिस्पर्धा गरिरहेको आयोजकले जनाएको छ।

प्रकाशित: २७ पुस २०७५ ००:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App