२१ चैत्र २०८२ शनिबार
image/svg+xml

अतिरिक्त कक्षाले अतिविपन्न दलित बालबालिकाका लाभान्वित

यहाँको शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयको आधारभूत तहमा अध्ययनरत अतिविपन्न दलित परिवारका बालबालिकाका लागि अङ्ग्रेजी माध्यमको अतिरिक्त कक्षा सञ्चालन गरिएको छ।

इन्धनमा लगाइएकाे कर पुनरावलोकन गर्न आसिका तामाङको माग

इन्धन मूल्य वृद्धिले यातायात, खाद्यान्न र आधारभूत खर्चमा प्रत्यक्ष असर पारेको भन्दै उनले इन्धनमा लगाएको कर पुनरावलोकन गर्न सरकारसँग माग गरेकी हुन्।

पीडित व्यापारीको ब्याज मिनाहा गर्न मुख्यमन्त्री बानियाँको माग

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौंडामा सडक विस्तारका क्रममा संरचना भत्काउँदा पीडित भएका व्यवसायीलाई सुविधा दिनु आग्रह गरेका छन्।

चुनाव र परराष्ट्र नीति विषयमा राष्ट्रिय जनमोर्चाको छलफल

उनले जेनजी आन्दोलन, संसद विघटन, नयाँ चुनाव, एमसीसी सम्झौता र छिमेकी देशहरूसँगको सम्बन्धलाई उठाएका छन् ।

सम्झौता गरेर काम सुरु नगर्ने १९ निर्माण कम्पनीलाई स्पष्टीकरण

भौतिक पूर्वाधार विकास कार्यालयले सम्झौता गरेको दुई महिना बितिसक्दा पनि निर्माणको काम सुरु नगर्ने १९ निर्माण कम्पनीलाई लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ।

शनिबारका लागि तय भएका १५ अन्तर्राष्ट्रिय उडान रद्द

मध्यपूर्वमा चलिरहेको द्वन्द्वका कारण हवाई क्षेत्रमा प्रतिबन्ध लागेपछि गत फागुन १६ यता कुवेत, दोहा, दमाम लगायतका खाडी मुलुक जाने अन्तर्राष्ट्रिय उडान रद्द हुँदै आएका छन्।

अफगानिस्तान र पाकिस्तानमा वर्षासँगै आँधीबेहरी, १२१ जनाको मृत्यु

अफगानिस्तान र पाकिस्तानमा दुई हप्ताको अवधिमा भारी वर्षा र आँधीका कारण कम्तीमा १२१ जनाको मृत्यु भएको छ।

भरतपुरमा तीनवटा सवारीसाधन ठोक्कियाे, १५ जना घाइते

उनीहरुमध्ये सात जनाको भरतपुर अस्पतालमा, चार जनाको चितवन मेडिकल कलेजमा र चार जनाको नेस्नल सिटी अस्पतालमा उपचार भइरहेको छ।

बिरामीलाई औषधि सिफारिस गर्दा ‘ब्रान्ड’ नाम नलेख्न निर्देशन

वीर अस्पतालले चिकित्सकले बिरामीलाई औषधि सिफारिस गर्दा कुनै निश्चित कम्पनी वा ‘ब्रान्ड’ तोकी नलेख्न निर्देशन गरेको छ ।

लमजुङ जिप दुर्घटना: दुई जनाको मृत्यु, १२ जना घाइते (नामसहित)

लमजुङको मर्स्याङ्दी गाउँपालिका–७ ङादीस्थित बेसिशहर–उस्ता सडकखण्डमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित अन्य १२ जना घाइते भएका छन्।

रोनाल्डो सर्पले जन्मायो १२ बच्चा

जोडी नभएको सर्पले दोस्रो पटक पनि धेरै बच्चा जन्माएको छ। सुरुमा भाले मानिएको रोनाल्डो सर्पले दुर्लभ रुपमा मेटिङ बिना नै १२ वटा बच्चा जन्माएको छ ।

फेवाताल अतिक्रमणः ओछ्यानमा जाँदासम्म अत्तोपत्तो थिएन, तर, बिहानै डोजरले घर कोतर्यो

शुक्रबार बेलुकी ओछ्यानमा जाँदासम्म आफु सुतिरहेको घरमा एकाबिहानै डोजर चल्ला भनेर परिकल्पना समेत नगरेका फेवाताल किनारका स्थानियबासी शनिबार बिहान झिस्मिसेमा डोजरले घर कोर्तन थालेपछि झस्किन पुगे। अरुबेला पनि डोजर चलाउन पुग्दा स्थानीहरु उत्तिनै बेला विरोधमा उत्रिन्थे। अनि, ढुंगामुढा सहितको विरोधपछि घर भत्काउन पुगेको डोजर यत्तिकै फर्किन्थ्यो।

फेवाताल बचाउने लडाइँ: नीति, राजनीति र जनजीवनको टकराव

पोखराको पहिचान, नेपालको सम्पदा र भावी पुस्ताको धरोहरका रूपमा रहेको फेवाताल जोगाउने जिम्मेवारी अब केवल सरकारको मात्र होइन, हामी सबैको साझा उत्तरदायित्व बनेको छ।

सम्झौता बमोजिम काम नगर्ने ठेकेदारलाई पूर्वाधार कार्यालयको ताकेता

प्रदेश सरकार मातहतमा रहेको भौतिक पूर्वाधार विकास कार्यालय खोटाङले सम्झौता भए पनि निर्माण कार्य नथाल्ने ठेकेदारलाई पत्राचार गरी ताकेता गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्