२१ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

रुकुमपश्चिममा फोर्स गाडी र अटो ठोक्किँदा आठ जना घाइते

रुकुमपश्चिममा फोर्स गाडी र अटो ठोक्किँदा आठ जना घाइते भएका छन्। 

शनिबार दिउँसो दाङबाट रुकुमपूर्व आउँदै गरेको बा.प्र ०६-००१ ख ०१४६ नम्बरको फोर्स गाडी र खलंगाबाट सोलाबाङतर्फ जाँदै गरेको लु. प्र. ०२-००१ ह १३७८ नम्वरको अटो राप्ती राजमार्ग अन्तर्गत सोलाबाङ नजिकै ठोकिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ। 

कार्यालयका प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार दुर्घटनामा परेर आठ जना घाइते भएका छन्। घाइतेको  जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ। 

गाडी चालक रुकुमपूर्वको भुमे गाउँपालिका ३ का ४८ वर्षीय लालबहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रकाशित: २१ चैत्र २०८२ १८:५५ शनिबार