शनिबारका लागि तय भएका १५ अन्तर्राष्ट्रिय उडान रद्द भएका छन्।
मध्यपूर्वमा चलिरहेको द्वन्द्वका कारण हवाई क्षेत्रमा प्रतिबन्ध लागेपछि गत फागुन १६ यता कुवेत, दोहा, दमाम लगायतका खाडी मुलुक जाने अन्तर्राष्ट्रिय उडान रद्द हुँदै आएका छन्।
यही क्रममा शनिबारका लागि तय भएका १५ उडान रद्द गरिएका नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
प्राधिकरण अन्तर्गतको त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयका अनुसार शनिबारका लागि तय भएका जजीरा एयरवेज र कुवेत एयरवेजका कुवेत-काठमाडौं-कुवेत उडान रद्द भएका हुन्।
यस्तै नेपाल एयरलाईन्स र हिमालय एयरलाईन्सका काठमाडौं-दोहा-काठमाडौं तथा काठमाडौं-दमाम-काठमाडौं उडान रद्द गरिएका छन्।
नेपाल एयरलाईन्सकै काठमाडौं-दुबई उडान पनि रद्द गरिएको कार्यालयले जानकारी दिएको छ। दैनिक उडान रद्द भएपछि उडान हुने नहुने निश्चित भएर मात्रै विमानस्थल पुग्न पनि कार्यालयले अनुरोध गरेको छ।
प्रकाशित: २१ चैत्र २०८२ १९:२९ शनिबार





