पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः विदेशीले सकिसके, आफूले गर्नुपर्ने कामको टुंगै छैन
कोरोनाको अप्ठेरोका बीच विदेशी निर्माण कम्पनिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई करिब पूर्णता दिएर हस्तान्तरण गर्न भ्याएको छ। तर, नेपाल सरकार र स्थानीयतहले गर्नुपर्ने महत्वपूर्ण कामको अहिलेसम्म सुरु नै भएको छैन। स्वदेशी निकायले काम फत्ते गरेपछि मात्र विमानस्थल संचालनमा आउने, अन्यथा ढिलो हुने भएपनि ती निकायले तदारुकता देखाएका छैनन्।