४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पाँच महिनामा १३ हजारलाई निःशुल्क सीप

वैदेशिक रोजगारीमा जानेलाई लक्षित गरी वैदेशिक रोजगार बोर्ड र सुरक्षित आप्रवासन परियोजनाले अबको पाँच महिनामा कम्तीमा १३ हजारलाई विभिन्न ट्रेडमा निःशुल्क सीप सिकाउँदैछन्।

महिलालाई विदेश जान पालिकाको सिफारिस अनिवार्य

महिलालाई घरेलु कामका लागि वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाएको सरकार पुनः विदेश जाने महिलालाई विभेद हुनेगरी अर्को निर्णय गर्ने तयारीमा छ । भिजिट भिसा लिएर विदेश जाने महिलाको संख्या वृद्धि भएको र जोखिम पनि बढेको तर्क गर्दै सरकारले यस्तो व्यवस्था गर्न लागेको हो ।

वैदेशिक रोजगारीमा ठगीः पीडित उजुरी गर्छन् सम्पर्कमा आउँदैनन्

कुवेत पठाउने भन्दै चार महिलालाई भारतको नयाँ दिल्लीको होटलमा १५ दिन राखेर शारीरिक, आर्थिक र मानसिक शोषण गरेको आरोप लागेका मोरङ, कटहरी–९ का राजेशकुमार चौधरी पक्राउ परेको एक महिनाभन्दा बढी भइसक्यो।

वैदेशिक लगानीका सडकको निर्माण सुस्त

नेपालमा कोभिड–१९ को सङ्क्रमण कम भएर पूर्वाधार निर्माण अघि बढ्न थाले पनि वैदेशिक लगानीका सडक निर्माण सुस्त छ। कोभिड कम भए पनि पूर्णरूपमा नहटेकाले प्रगति कम देखिएको हो।

सम्झना २०२०: वैदेशिक रोजगारीमा अँध्यारो वर्ष

तनहुँ, खैरेनीटारका दिलबहादुर परियार ५ महिनादेखि समस्यामा छन् । कोरोना महामारीका कारण वैदेशिक रोजगारीबाट सात महिनामै घर फर्कन बाध्य उनी यतिखेर कर्जा तिर्न नसकेर समस्यामा परेका हुन् ।

युवा र वैदेशिक रोजगारीबाट फर्किएकाको सीप परीक्षणका लागि खुल्यो आवेदन

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत राष्ट्रिय सीप परीक्षण समितिले सहुलियत शुल्कमा सीप परीक्षणका लागि आवेदन खुलाएको हो।

चार्टर्ड उडानमार्फत ६३ हजार नेपाली स्वदेश फर्किए

सुरुमा १ हजार ५ सयजनालाई स्वदेश फर्काउँदै आएको थियो। दैनिक ५ सय जनालाई मात्रै ल्याउने सरकारी नीतिले नेपाल फर्कन चाहेका कामदार आउन पाएका छैनन्।

रोजगारी गुमेपछि बहराइनबाट फर्किए १४६ नेपाली

यस्तै बिदामा बहराइनबाट नेपाल आएका र कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएर रोकिएका र पुनः रोजगारीमा बहाल हुन इच्छुक १ सय ४५ नेपालीलाई बहराइन नै फर्काएको छ।

उड्न नपाएका श्रमिक भन्छन्, सरकार अविवेकी भएपछि केही लाग्दो रहेनछ

अर्कोपटक वैदेशिक रोजगारीमा नजाने निर्णय गरेपछि दधिकोट, भक्तपुरका पुण्य बस्नेतले दुबईमा बस्दै आएको कोठा छोडिसकेका थिए। एक महिनाअघि एक हजार तीन सय २० दिराम (४३ हजार पाँच सय ६० रूपैयाँ) मा टिकट किनेको आरए २२९२ कलसाइनको जहाज बस्नेतसहितका यात्रुलाई लिन संयुक्त अरब इमिरेट्स (युएई) को दुबई जाँदै थियो।

रेमिटेन्स ३ प्रतिशत मात्र कम

वैदेशिक रोजगारीका लागि खाडी मुलुक, मलेसिया, दक्षिण कोरियालगायत मुलुकमा गएका नेपाली युवाको रोजगारी कोरोना महामारीका कारण खोसिएको, तलब र सुविधा घटेको र कतिपय अलपत्र परेको कारण देखाउँदै अर्थशास्त्रीले रेमिटेन्स आय २० प्रतिशतसम्म घट्ने दाबी गरेका थिए।

वैदेशिक रोजगारीमा श्रमिक, निरन्तर ज्यादती

वैदेशिक रोजगारीमा गएकाहरू यतिखेर मात्र समस्यामा परेका होइनन्। वर्षौंदेखि यस्तो क्रम जारी छ। तर अधिकांश घटनामा श्रमिकमाथि ज्यादती गर्नेलाई कारबाही हुन सकेको छैन। श्रमिकमाथि ज्यादती गर्नेलाई कारबाही हुन नसक्दा यस्तो शृंखला जारी रहेको भुक्तभोगी बताउँछन्।

विदेश गएको एक वर्षभित्र फर्कनेलाई निःशुल्क

कार्यविधि तयार हुन ढिलाइ गरिएपछि चार्टर्ड उडानमार्फत ३५ हजार बढी महँगो हवाई भाडा तिरेर घर फर्कन बाध्य भएका छन्।

लकडाउन अवधिमा विदेशमा ४५६ जनाको मृत्यु

वैदेशिक रोजगारीका लागि विदेश गएका नेपालीमध्ये लकडाउनको समयमा ४ सय ५६ जनाको मृत्यु भएको छ। तीमध्ये १ सय ९ शव विदेशमै अलपत्र परेको छ।

वैदेशिक रोजगारीमा गएका १ हजार २८८ नागरिक नुवाकोट फर्किए

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको कारण भारत लगायत अन्य मुलुकमा रहेका १ हजार २ सय ८८ जना नागरिक गृह जिल्ला नुवाकोट आएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्