१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

युवा र वैदेशिक रोजगारीबाट फर्किएकाको सीप परीक्षणका लागि खुल्यो आवेदन

फाइल तस्बिर

युवा र वैदेशिक रोजगारीबाट फर्किएका नागरिकको सीप परीक्षण गरिने भएको छ। 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत राष्ट्रिय सीप परीक्षण समितिले सहुलियत शुल्कमा सीप परीक्षणका लागि आवेदन खुलाएको हो।  

समितिका अनुसार १६ वर्ष उमेर पुगेका वा वैदेशिक रोजगारीबाट फर्किएका नागरिकले सीप परीक्षण केन्द्रमा आवेदन दिनुपर्नेछ भने समितिले तोकेका केन्द्रमा सीप परीक्षण गराउनुपर्नेछ। यसका लागि सबै प्रदेशमा गरी ९८ वटा सीप परीक्षण केन्द्र निर्धारण गरिएको समितिले जानकारी दिएको छ। ण्

ती केन्द्रमा टेलरिङ, कम्प्युटर अपरेटर, कृषि जेटिए, पशुपालन जेटिए, प्लम्बर, बिल्डिङ पेन्टर, वेटर, बिल्डिङ इलेक्ट्रिसियन, हाउस किपिङ, क्लिनरलगायत विधामा सीप परीक्षण गराउन पाइनेछ।  

आवेदन फारम समितिको वेबसाइट http://www.nstb.org.np/ वा इभेन्ट परियोजनाको वेबसाइट  www.event.gov.np  बाट डाउनलोड गर्न सकिन्छ भने तालिम केन्द्रबाट पनि प्राप्त गर्न सकिन्छ।  माघ १२ गतेसम्म आवेदन दिइसक्नुपर्ने समितिले जनाएको छ।  

आवेदन दिने व्यक्तिमा सम्बन्धित व्यवसायको ज्ञान, सीपको अनुभव भएको हुनुपर्नेछ।  

सीप परीक्षणका लागि तहगत रूपमा शुल्क तोकिएको छ। जसअनुसार तह एक, दुई र तीनका लागि क्रमशः ५ सय, १२ सय र २४ सय रुपैयाँ शुल्क लाग्नेछ। महिला, दलित, जनजाति र अपांगता वर्गमा पर्ने व्यक्तिका लागि भने क्रमशः ४ सय, ७ सय र १३ सय रुपैयाँ शुल्क लाग्नेछ।  

यसबारे विस्तृत जानकारीका लागि फोन नम्बर ०१६६३८१५३, ६६३५१९५ र मोबाइल नम्बर ९८५११२७०८० र ९८५११६३९६४ मा सम्पर्क गर्न सकिने समितिले जनाएको छ। 

प्रकाशित: १२ पुस २०७७ ११:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App