भोटेकोशी बाढी : नेपाल र चीनमा ७९७ को मृत्यु, तिब्बतमा १०४ नेपालीसहित दुवैतिर तीन हजार बढी सम्पर्कविहीन
रसुवाको भोटेकोशी बाढीपछि दुवैतर्फ खोज, उद्धार तथा राहत अभियान तीव्र पारिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार साँझ ६ः३० बजेसम्म नेपालतर्फ बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४३५ जनाको उद्धार गरिएको छ।

