२ मंसिर २०८१ आइतबार
image/svg+xml

‘कोभिडविरुद्धको खोपले बाँझोपना ल्याउँदैन’

कोभिड १९ विरुद्धको खोपले बाँझोपना ल्याउँछ भन्ने कुरा आधारहीन रहेको विज्ञ चिकित्सहरूले बताउँदै भ्रमपूर्ण कुरा रहेको औंल्याएका छन्। परिवार कल्याण महाशाखाका डा. पोखरेलले कोभिड १९ विरुद्धको खोपले बाँझोपना ल्याउँछ भन्ने कुरा भ्रम फैलिएको जनाउँदै यस्तो भ्रमको पछि नलाग्न अनुरोध गरेका छन्।

दोस्रो समूहलाई खोप अभियान आजदेखि

सरकारले आज (आइतबार)देखि कोभिड १९ विरुद्ध दोस्रो चरणको खोप अभियान सुरु गरेको छ। फागुन २ देखि ८ गतेसम्म चल्ने सो अभियानमा करिब २ सय खोप केन्द्रबाट खोप दिइनेछ। खोप कार्यक्रम बिहान १० बजेदेखि साँझ ४ बजेभित्र दिइनेछ।

फागुन २ देखि कोभिडविरुद्धको खोप कर्मचारीलाई

सरकारले कोभिड १९ विरुद्धको खोप दोस्रो चरणको खोप फागुन २ देखि अर्को समूहलाई दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरोकारवालाको बुधबार बसेको बैठकले दोस्रो चरणमा सेवा प्रदायक निकायलाई प्राथमिकतामा राखेको हो ।

अब पिसिआर परीक्षण मात्र एक हजारमा

सरकारले कोभिड–१९ को परीक्षणका लागि गरिने पिसिआर शुल्क समायोजन गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अबदेखि सरकारी प्रयोगशालामा पिसिआर शुल्क एक हजार रुपैयाँ लिने जानकारी दिए। यसअघि पिसिआर परीक्षण शुल्क दुई हजार रुपैयाँ लिने गरेको थियो।

जोखिमयुक्त समूहलाई कोभिड भ्याक्सिनमा प्राथमिकता दिन आग्रह

त्रिभुवन विश्व विद्यालयका पूर्वउपकुलपतिहरूले बढी जोखिमयुक्त समूहलाई प्राथमिकता दिएर कोभिड–१९ को खोप लगाउन सरकारसँग आग्रह गरेका छन्। नेपालमा खोपको पहिलो चरण समाप्त हुँदासम्म सबैभन्दा बढी जोखिममा रहेका जेष्ठ नागरिकहरूलाई पूर्णतया उपेक्षा गरेको र दोस्रो चरणसम्म पनि उपेक्षित नै रहेको भन्दै यस्तो आग्रह गरेका हुन्।

५५ वर्षमाथिका र दीर्घरोगीलाई फागुन तेस्रो सातादेखि खोप

नेपालमा ५५ वर्षमाथिका नागरिकलाई कोभिड १९ विरुद्धको खोप तेस्रो चरणमा दिने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। भारतबाट खरिद गरी ल्याइने थप १० लाख र कोभ्याक्सले दिने २० प्रतिशत खोप तेस्रो चरणमा ५५ वर्षमाथिका नागरिकलाई दिने तयारी मन्त्रालयले गरिरहेको मन्त्रालयका विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले बताए।

‘खोप लगाउन विभागको परिचयपत्र अनिवार्य छैन’

पत्रकारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन अब सूचना तथा प्रसारण विभागको परिचयपत्र अनिवार्य नहुने भएको छ। यसअघि सूचना विभागको परिचयपत्र अनिवार्य गरिएकोमा अब सूचना विभाग वा नेपाल पत्रकार महासङ्घ दुईमध्ये कुनै एकको परिचयपत्रको आधारमा खोप लगाउन पाउने भएको छन्।

‘पुरानो लयमा फर्कंदै अर्थतन्त्र’

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ का कारण अर्थतन्त्रमा केही समय समस्या देखिए पनि पछिल्ला दिनमा आएको सुधारले सरकारको आत्मबल बढेको बताएका छन्। विश्वका अन्य मुलुकमा जस्तै नेपाली अर्थतन्त्रमा पनि कोभिडले करिब एक वर्षसम्म समस्या ल्याएको छ।

चीनले ५ लाख कोभिड खोप दिने

चीनले नेपालको लागि कोभिड १९ विरुद्धको खोप अनुदान स्वरूप दिने भएको छ। चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्र मन्त्रालयलाई दिने जानकारी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीसँग बीचमा आपसी हितको विषयमा भएको छलफलको क्रममा यस्तो खोप उपलब्ध गराउने जानकारी दिएको छ।

पहिलो दिन उपत्यकामा आधाभन्दा कम पत्रकारले मात्र खोप लगाए

सोमबारदेखि सुरु भएको कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप अभियानको पहिलो दिन २ सय २६ पत्रकारले मात्र खोप लगाएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।

पहिलो चरणमा १११७ जनालाई खोप

उदयपुरका सबै स्थानीय तहमा पहिलो चरणको कोभिड–१९ विरुद्धको खोप अभियान सकिएको छ। माघ १४ देखि सुरु भई २४ गते सम्पन्न अभियानबाट जिल्लाका आठवटै स्थानीय तहका स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, सरसफाइकर्मी, एम्बुलेन्स र शववाहनचालक तथा शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी गरी १ हजार १ सय १७ जना लाभान्वित भएका छन्।

कोरोना भ्याक्सिन कसले लगाउने कसले नलगाउने ?

१८ वर्ष माथिका सबैले कोरोना विरुद्धको खोप लगाउन सकिन्छ। मुटु रोग मधुमेह र अन्य दीर्घ रोगका बिरामीले पनि जीवनरक्षाका लागि कोभिड–१९ विरुद्धको खोप लगाउन सकिन्छ। खोपको पहिलो मात्राले असर र एलर्जी भयो भने पनि अर्को डोज लगाउनुहुँदैन।

तेस्रो मुलकमा कोभिडको प्रभाव

यो पहिले नै स्पष्ट छ कि महामारीको सामाजिक र आर्थिक प्रभाव संसारका सबैभन्दा गरिब देशहरूमा गम्भीर र दिगो हुनेछ। अस्थिर ऋणको कारणले घायल भएका राष्ट्रहरूले उनीहरूको अर्थतन्त्र बलियो बनाउन सक्ने शक्तिको अभाव छ भने धनी देशहरू घरेलु प्राथमिकतामा केन्द्रित छन्।

कोभिडमा अनलाइन शिक्षाको नाम लिई बाँडियो ४७ करोड

सरकारले विश्व बैंकसँग उच्च शिक्षा सुधारका लागि साढे ६ अर्ब ऋणबापत लिएको रकम मुख्य लक्ष्य पूरा नै नगरी सकिएको छ। २०७१ सालदेखि कार्यान्वयनमा आएको परियोजना २०७७ पुसमा सकिएको छ।

खाद्यसंकट तत्काल रोक्न जरुरी

विश्वमा अत्यधिक भोकमरीमा रहेको जनसंख्या गत वर्ष १३ करोडले बढेर ८० करोड पुगेको छ। यो जनसंख्या हालसम्म कोभिड–१९ ले संक्रमितको तुलनामा ८ गुणाले बढी हो। विश्व समुदायले भोकमरीलाई समयमै सम्बोधन गर्न नसके कठोर अनिकालको अवस्था सिर्जना हुन सक्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्