१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

जोखिमयुक्त समूहलाई कोभिड भ्याक्सिनमा प्राथमिकता दिन आग्रह

त्रिभुवन विश्व विद्यालयका पूर्वउपकुलपतिहरूले बढी जोखिमयुक्त समूहलाई प्राथमिकता दिएर कोभिड–१९ को खोप लगाउन सरकारसँग आग्रह गरेका छन्। नेपालमा खोपको पहिलो चरण समाप्त हुँदासम्म सबैभन्दा बढी जोखिममा रहेका जेष्ठ नागरिकहरूलाई पूर्णतया उपेक्षा गरेको र दोस्रो चरणसम्म पनि उपेक्षित नै रहेको भन्दै यस्तो आग्रह गरेका हुन्।  

पूर्वउपकुलपति महेशकुमार उपाध्याय नवीनजंग शाह, केदारभक्त माथेमा, हिराबहादुर महर्जन र कमलकृष्ण जोशीले एक विज्ञप्ति जारी गर्दै बढी जोखिममा परेकाहरूलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्।  

‘प्राथमिकताको सूचीमा सामाजिक न्याय सर्वथा अवहेलित रहेको त छ नै, साथै तथाकथित प्राथमिकतामा परेका भनिएकाहरूले मात्र पनि त्यो सुविधा पाएको नभई कतिपय पहुँचवालाले खोपको सुबिधा पाइसकेका छन्,’ विज्ञप्तिमा भनिएको छ।

शिक्षक–विद्यार्थीहरूको भौतिक उपस्थितिमा स्कुल, कलेज र विश्वविद्यालयका कक्षाहरू सञ्चालनमा आउन लागेपछि प्रत्येक दिन ठूलो सङ्ख्यामा शिक्षक–विद्यार्थी र कर्मचारीहरूमा पनि कोरोनाको जोखिम बढेको बताउँदै प्राथमिकताको सूचीमा यो वर्ग नपर्नुलाई विडम्बना भनिएको छ। यसले सामाजिक नैतिकताको खुलेआम उलङ्घन भएको पूर्व कुलपतिहरूको ठहर छ।  

खोपकोे न्यायोचित वितरणको व्यवस्था गर्न असक्षम सम्बन्धित मन्त्री र मन्त्रीको टोलीले सार्वजनिक रूपमा माफी मागी सामाजिक नैतिकताप्रति संवेदनशील रहेको जनाउनुपर्ने उनीहरूको माग छ। उनीहरूले भ्याक्सिन लगाउने काम पारदर्शी हुनुपर्ने माग गरेका छन्। पूर्वकुलपतिहरूले खोप सहयोगका लागि छिमेकी मुलुक भारत र चीनसँगै विश्व स्वास्थ्य संगठनलाई पनि धन्यवाद व्यक्त गरेका छन्।

प्रकाशित: २९ माघ २०७७ ०१:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App