१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

तेस्रो चरण अन्तर्गत समुदायस्तरमा १६ हजारलाई खोप लगाइने

धादिङ जिल्लामा कोरोना भाइरस (कोभिड १९) विरुद्धको तेस्रो चरणको खोप अभियान अन्र्तगत फागुन २३ गतेबाट सुरु हुने भएको छ । समुदायस्तरमा संचालन हुने कोरोना विरुद्धको तेस्रो चरणको खोप अभियानमा १६ हजारलाई खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा.भुवन पौडेलले बताए । सञ्चारकर्मीसंग कोभिड–१९ विरुद्धको खोप अभियानको बारेमा जानकारी दिदै जिल्लाभर १६ हजार ५५ जनालाई खोप लगाउने लक्ष्य भएको बताए ।

जोखिमयुक्त समूहलाई कोभिड भ्याक्सिनमा प्राथमिकता दिन आग्रह

त्रिभुवन विश्व विद्यालयका पूर्वउपकुलपतिहरूले बढी जोखिमयुक्त समूहलाई प्राथमिकता दिएर कोभिड–१९ को खोप लगाउन सरकारसँग आग्रह गरेका छन्। नेपालमा खोपको पहिलो चरण समाप्त हुँदासम्म सबैभन्दा बढी जोखिममा रहेका जेष्ठ नागरिकहरूलाई पूर्णतया उपेक्षा गरेको र दोस्रो चरणसम्म पनि उपेक्षित नै रहेको भन्दै यस्तो आग्रह गरेका हुन्।

कोरोना भ्याक्सिन कसले लगाउने कसले नलगाउने ?

१८ वर्ष माथिका सबैले कोरोना विरुद्धको खोप लगाउन सकिन्छ। मुटु रोग मधुमेह र अन्य दीर्घ रोगका बिरामीले पनि जीवनरक्षाका लागि कोभिड–१९ विरुद्धको खोप लगाउन सकिन्छ। खोपको पहिलो मात्राले असर र एलर्जी भयो भने पनि अर्को डोज लगाउनुहुँदैन।

कोभिड भ्याक्सिनमा भारतले सघाउने

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालमा तत्काल आवश्यक पर्ने कोभिड भ्याक्सिनको पूर्तिका लागि भारत तयार रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्