२० वैशाख २०८१ बिहीबार
image/svg+xml

दार्चुला हिमपहिरो: बेपत्ता दुईको खोजी जारी

दार्चुलाको व्यास गाउँपालिका-१ छाङरुस्थित भोलुम डाँडामा हिमपहिरोमा परी बेपत्ता भएका डोटीका २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमिसोमो थापाको खोजीमा आज पनि बिहानैदेखि सशस्त्र प्रहरीको टोली खटिएको छ।

दार्चुला हिमपहिरो: बेपत्ताको पहिचान खुल्यो, लगातारको हिमपातले उद्धारमा कठिनाइ (अपडेट)

दार्चुलाको व्यास गाउँपालिका-१ बोलिङ्गमा हिमपहिरोमा परी बेपत्ता भएका पाँच यार्सागुम्बा संकलकको पहिचान खुलेको छ। बेपत्ता भएका चार महिला र एक पुरुषको पहिचान खुलेको हो।

दार्चुला हिमपहिरो: ७ जना सम्पर्कमा,५ जना अझै बेपत्ता

दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार ४ जना महिला र १ जना पुरूष अझै बेपत्ता रहेका छन्।

दार्चुला हिमपहिरो: उद्धारका लागि सशस्त्रको टोली घटनास्थलतर्फ, खराब मौसमका कारण कठिनाइ

यार्सागुम्बा सङ्कलक बस्दै आएको त्रिपाल हिउँले पुरिएपछि केही व्यक्ति बेपत्ता भएको जानकारी प्राप्त भएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायव उपरक्षिक ईश्वरीदत्त भट्टले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्