नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा शनिबार साँझ इटहरीमा राँके जुलुस प्रदर्शन गरिएको छ । नेकपा (एमाले) का कार्यकर्ताहरूले जुलुस निकाल्दै विरोध जनाएका हुन् ।
प्रदर्शनकारीहरूले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङविरुद्ध चर्को नाराबाजी गर्दै इटहरीको चौरास्ता चोकमा प्रदर्शन गरेका थिए । उनीहरूले पक्राउ परेका ओलीलाई तत्काल रिहा गर्न माग गरेका छन् ।
सरकारले राजनीतिक पूर्वाग्रह राखेर पार्टी अध्यक्षलाई पक्राउ गरेको आरोप लगाउँदै एमाले कार्यकर्ताहरूले देशभर आक्रामक प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् । सोही क्रममा इटहरीमा पनि राँके जुलुस निकालिएको हो ।
यसैबीच, सरकारले शनिबार बिहान एमाले अध्यक्ष ओली र नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो ।
प्रकाशित: १४ चैत्र २०८२ २०:२९ शनिबार




