१५ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

भीआइपी सवारीका नाममा सर्वसाधारणलाई सास्ती नदिन गृहमन्त्रीको निर्देशन

‘हतार भए मन्त्रीहरू समयमै निस्किनुपर्छ’

गृहमन्त्री सुधन गुरुङले मन्त्री तथा भीआइपीको सवारीका नाममा सर्वसाधारणलाई सडकमा सास्ती दिने काम तत्काल रोक्न ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन्।

शनिबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आकस्मिक निरीक्षण गर्दै उनले नागरिकलाई आवागमनमा रोक लगाएर मन्त्रीको गाडीलाई विशेष व्यवहार नगर्न चेतावनी दिएका हुन्।

कार्यालयको निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले ट्राफिक प्रहरी प्रमुख (एसएसपी) नवराज अधिकारीसहितका प्रहरी कर्मचारीहरूलाई सडक व्यवस्थापनमा नागरिकको सहजतालाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिए।

उनले भने, ‘जनतालाई दुःख दिने गरी भीआइपीलाई स्पेसल ट्रिट गर्ने होइन। नागरिकका लागि आवागमन सहज हुनुपर्‍यो। हामी नागरिकको सेवक हौं।’

मन्त्रीहरूलाई गन्तव्यमा पुग्न हतार भए समय अगावै निस्किनुपर्ने भन्दै उनले सडक खाली गराएर आम नागरिकलाई दुःख दिने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए।

भीआइपी सवारी व्यवस्थापनको बहानामा सर्वसाधारणको दैनिक आवागमन कुनै पनि हालतमा प्रभावित हुन नहुने उनको भनाई थियो।

प्रकाशित: १४ चैत्र २०८२ २०:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App