२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

रामचन्द्रको ऐनामा गुल्जारीलाल

तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेलको सपथपछि उनी अगाडिका चुनौतीबारे घोत्लिइरहँदा भारतमा दुई दुई पटक कार्यबाहक प्रधानमन्त्री बनेका गुल्जारीलाल नन्दाको संझना आइरह्यो।

बारामा दुई गुटको विवाद बढ्दै, एकले अर्को पक्षको नेतालाई निलम्बन गर्ने होडबाजी

बुढाथोकीलाई निलम्बन गरेको पत्र सार्वजनिक गरिएपछि भर्दाै २८ गते सह-महमन्त्री मंसुर पक्षले अर्का केन्द्रीय सह-महामन्त्री एवम् खानेपानी मन्त्री उमाकान्त चौधरी, पूर्व केन्द्रीय सदस्य राधेचन्द्र यादव र निर्वाचन क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रामप्रवेश प्रसाद यादव गरी तीन जनालाई निलम्बनमा परेको पत्र सार्वजनिक गरिएको छ।

पाँच वर्षमा बेरुजु रकम दोब्बरभन्दा धेरै

‘अहिले केही कागजपत्र जम्मा गरेर हुने नियमित बेरुजु फस्र्योटबाहेक अन्यका हकमा कसैको चासो देखिँदैन,’ महालेखा नियन्त्रक कार्यालयका एक अधिकारीले भने, ‘बेरुजु फस्र्योटको जिम्मेवारी कार्यालय र लेखा प्रमुखलाई तोक्ने काम मात्र भएको छ। फस्र्योट नगरे सामान्य कारबाही गर्ने कानुन पनि छैन।’

आर्थिक अनुशासनहीनताको उत्कर्ष

मुलुकमा सुशासनका निम्ति उठेका आवाज सुनिएन भने आजको श्रीलंकाको अवस्थामा पुगिन्छ। सुशासनका निम्ति राज्यले अनेकन संस्था खडा गरेको हुन्छ। राज्यले खडा नगरे पनि संविधानले वातावरण बनाएका कारण पनि यस्ता संस्था बन्छन्।

वित्तीय अनुशासनहीनता

विकास मन्त्रालयहरूलाई वित्तीय अनुशासनमा बाँध्न नसक्नुमा अर्थ मन्त्रालय आफैँ केही हदसम्म जिम्मेवार छ। पुँजीगत बजेट खर्च गर्न नसकेर सर्वत्र आलोचना भएपछि अर्थ मन्त्रालयका अधिकारीहरूले नै वर्षका पछिल्ला महिनामा नयाँ कार्यक्रमका लागि पैसा दिंदै आएका छन्।

सडकको अनाम मृत्यु

सडक पूर्वाधारको विकासमा ध्यान दिए पनि यसको गुणस्तरमा ध्यान दिएको देखिँदैन।यसै कारण दुर्घटना बढ्ने गरेको छ। सडकलाई व्यवस्थित बनाउने र पूर्ण सुरक्षित नभइ त्यहाँ सवारी चलाउन अनुमति नदिने हो भने पनि धेरैको जीवन रक्षा हुन्छ सक्छ।

अर्थमन्त्रीद्वारा आर्थिक अवस्थाबारे जानकारी : स्रोत सुनिश्चिताका नाममा आर्थिक अनुशासनको बेवास्ता

अर्थमन्त्री शर्माले मंगलबार संसदमा देशको वर्तमान आर्थिक अवस्थाको जानकारी प्रस्तुत गर्ने क्रममा यस्तो आरोप लगाएका हुन्। तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको पालामा सडक पूर्वाधारतर्फ करिब तीन खर्ब रुपैयाँ र रेल पूर्वाधारतर्फ ५७ अर्ब रुपैयाँ गरी तीन खर्ब ५७ अर्ब रुपैयाँ बजेट बाहिरबाट स्रोत सुनिश्चितता दिएको अर्थमन्त्री शर्माले बताए। उनले यो एउटा उदाहरण मात्र भएकोे जानकारी दिँदै संसद छलेर स्रोत सुनिश्चितताको नाममा रकम दिने काम गरिएको आरोप लगाए।

दलीय अनुशासनविपरीत कार्यलाई संविधानले स्वीकार्दैन : वरिष्ठ अधिवक्ता नेपाल

वरिष्ठ अधिवक्ता महेश नेपालले दलीय अनुशासन विपरितको कार्यलाई संविधानले स्वीकार नगरेको तर्क गरेका छन्।

दलहरुलाई अनुशासनमा ल्याउन पनि चुनावमा जानै पर्छ, यसको विकल्प छैनः बिजुक्छेँ

नेमकिपाले निर्वाचनको पहिला पनि स्वागत गरेको र अहिले पनि स्वागत गर्छ भन्दै अध्यक्ष बिजुक्छेँले भने, “सबै दलहरुमा अनुशासन भंग भयो, शासक दलहरु यसको मुख्य जिम्मेवार हुन्, यी दलहरुलाई अनुशासनमा ल्याउन पनि चुनावमा जानै पर्छ, चुनावको हाम्रो पार्टी स्वागत गर्छ, अब स्थिरताका लागि पनि चुनावमा जानै पर्छ।”

प्रतिपक्षीले राष्ट्रपतिलाई तपाईंसम्म भनेनन् : प्रम ओली

उनले माओवादी र नेपाली काँग्रेसले देशलाई अराजकता र असभ्यतातर्फ लान खोजिरहेको बताउँदै भने, ‘प्रमुख प्रतिपक्षी दलका नेताको औपचारिक वक्तव्य हेरेँ, राष्ट्रपतिलाई तपाईंसम्म भन्ने शब्द रहेन।’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई तिमी, उनी भनी सम्बोधन गरेकोमा उनले रोष प्रकट गर्दै उनले थपे,‘ आज जनताका छोराछोरी सम्मानित पदमा पुगेका छन्, तिनलाई सम्मानसम्म गर्न सकेको छैन, असभ्य तरिकाले बोल्नु बहादुरी ठान्छन्।’

अनुशासन समितिको कार्यक्षमतामाथि कांग्रेस नेता पौडेलले उठाए प्रश्न

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यक्षमता नियतमाथि प्रश्न उठाएका छन्। बिहीवार सामाजिक सञ्जाल ट्वीटरमा टिप्पणी गर्दै नेता पौडेलले वागी उमेदवार, उमेदवारी खोसिएका र निर्वाचनपछि पार्टीको आन्तरिक विवादमा परेका व्यक्तीलाई विधानको एउटै दफा प्रयोग गरि कारवाही गरेको भन्दै अनुशासन समितिको नियतमाथि प्रश्न उठाएका हुन्।

बेरुजु ४ खर्ब १८ अर्ब पुग्यो

यो वर्ष मात्र एक खर्ब ११ अर्ब रुपैयाँ बेरुजु थपिएको छ। प्रतिशतका आधारमा भने विगत वर्षका तुलनामा बुरुजु कम भएको प्रतिवेदन औंल्याएको छ।

अनुशासन नमान्ने स्थानीय तहको अनुदान रोक्ने

हरेक आर्थिक वर्ष असार १० गते बजेट ल्याई असार मसान्तभित्र नगरसभा/गाउँसभाबाट पारित गर्नुपर्ने व्यवस्था चालु आर्थिक वर्ष २०७६/७७ मा ४० वटा स्थानीय तहले उल्लंघन गरे। आव २०७६/७७ को ६ महिनापछि २०७७ पुस मसान्तसम्म १९ वटा स्थानीय तहले बजेट पेस गरेका छैनन्।

प्याटिसनलाई कारबाही

अनुशासनविपरीत कार्य गरेको भन्दै अस्ट्रेलियाले तीव्र गतिका बलर जेम्स प्याटिसनलाई पाकिस्तानविरुद्धको पहिलो टेस्ट खेलबाट हटाएको छ। जसलाई कप्तान टिम पायनेले टोलीकै लागि लज्जास्पद भएको प्रतिक्रिया दिएका छन्।

नेकपा केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा बोहरा

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीभित्रका विभिन्न केन्द्रीय निकाय तथा आयोगको नेतृत्व टुंगो लगाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्