coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अनुशासन समितिको कार्यक्षमतामाथि कांग्रेस नेता पौडेलले उठाए प्रश्न

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यक्षमता नियतमाथि प्रश्न उठाएका छन्। बिहीवार सामाजिक सञ्जाल ट्वीटरमा टिप्पणी गर्दै नेता पौडेलले वागी उमेदवार, उमेदवारी खोसिएका र निर्वाचनपछि पार्टीको आन्तरिक विवादमा परेका व्यक्तीलाई विधानको एउटै दफा प्रयोग गरि कारवाही गरेको भन्दै अनुशासन समितिको नियतमाथि प्रश्न उठाएका हुन्।

उनले विगत निर्वाचनमा पार्टीका आधिकारीक उमेदवार विरुद्ध  उम्मेद्वारी दिने ३२ जना उमेदवार र प्रस्तावक समर्थकलाई नेपाली कांग्रेसको विधानको दफा  ४ वमोजिम पार्टी सदस्यता नरहने गरी निस्कासित गर्दा तनहूँ क्षेत्र नं १ मा वागी उम्मेदवारलाई कारवाही नगरेकोमा समेत असंतुष्टि जनाए।  

कैलालीका पुष्कर ओझालाई  स्पष्ट आधार र कारण बिना विधानको दफा ३४ वमोजिम ५ वर्षको लागि पार्टीवाट निस्कासनको कारवाही गर्नु नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको नियत र कार्यक्षमता माथी गंभीर प्रश्न उठेको उल्लेख गरेका छन्। 

प्रकाशित: १५ श्रावण २०७७ ०६:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App