२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

महेन्द्र, माओ र नेहरु

महेन्द्र भन्थे– सत्तामा पुगेका दलले राष्ट्र र जनताभन्दा आफ्नो र विदेशीको स्वार्थमात्र हेरे । आफँै इमानदार भएनौँ भने आर्थिक अनुशासन कायम गर्न सकिँदैन ।

लेन अनुशासन नमान्ने धेरै

ट्राफिक प्रहरीले लेन अनुशासन नमान्ने ४२ हजार ८ सय २२चालकलाई कारबाही गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५/०७६ मा उपत्यकाभित्र लेन अनुशासन नमानी सवारीसाधन चलाउने उक्त सवारीसाधनलाई कारबाही गरेको हो। महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक रवीकुमार पौडेलले आफ्नो लेनभन्दा बाहिर गएर जथाभावी चलाउने चालकलाई कारबाही गरिएको बताए। ‘हतारका कारण अर्को लेनमा गएर सवारी चलाउने चालकलाई कारबाहीको दायरामा ल्याएका हौं,’ उनले भने।

लेन अनुशासन पालना नगर्ने ४३ हजार चालक कारवाहीमा

यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३५ लाख तथा काठमाडौँ उपत्यकामा मात्र नौ लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा रहेका छन्।

सोलुखुम्बुमा कांग्रेसका २० नेता कार्यकर्ता पार्टीबाट निष्कासित

नेपाली कांग्रेसले गत स्थानीय, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई असहयोग गर्ने २३ जना नेता–कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको छ। त्यसमध्ये २० जना सोलुखुम्बुका परेका छन्।

पार्टीमा अनुशासन क्लबको जति पनि भएन : भूषाल

नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य घनश्याम भुषालले पार्टीभित्रको सैद्धान्तिक धार ‘बोन्सायी’ झार जस्तो भएको बताएका छन्। पार्टीभित्र कुनै पनि प्रकारको अनुशासन नभएको जिकिर गर्दै उनले सो कुरा बताएका हुन्। कार्लमाक्र्सको २ सय १ आंै जन्मशताब्दी मनाउने कार्यक्रमको तयारीका क्रममा उनले सो कुरा बताएका हुन्। ‘बोन्सायी जापनीजहरूले मूल जरो काटिदिएपछि बढ्दो रहेनछ, अनि गमलामा सजाइदिने। अहिले सिद्दान्तको अवस्था वाम आन्दोलनमा बोन्सायी भएको उनले कम्पनी हुँदा कम्पनीको अनुशासन, पार्टी हुँदा पार्टीको अनुशासन, क्लबमै पनि अनुशासन हुन्छ। के भएको छ, भएको छ थाह छैन,’ नेता भुषाले भने।

एक हजार पाँच सय कर्मचारी कारवाही सिफारिसमा

राष्ट्रिय सतर्कता केन्द्रले चालु आर्थिक वर्षमा अहिलेसम्म एक हजार ५३४ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ।

अन्तर्घातको उजुरी परेका कँडेल र राठोरलाई के होला?

यी दुवै केन्द्रीय सदस्य अहिले अनुशासन समितिका सदस्य छन्। कँडेल प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अन्तर्घात गरेको भन्दै नवलपरासीको बर्दघाट–सुस्ता पश्चिम क्षेत्र नम्बर १ को क्षेत्रीय कार्यसमितिले कारबाहीको माग गर्दै पार्टी जिल्ला समितिलाई सिफारिस गरेको थियो।

कांग्रेसमा अनुशासन उल्लंघन गर्नेविरुद्ध उजुरी माग

नेपाली कांग्रेसको अनुशासन समितिले अनुशासन उल्लंघन गर्ने नेता/कार्यकर्ताका बारेमा उजुरी मागेको छ। मंगलबार बसेको अनुशासन समितिको पहिलो बैठकले यस्ता नेता/कार्यकर्ताको गतिविधिविरुद्ध चैत मसान्तसम्म प्रमाणसहित उजुरी गर्न कार्यकर्तालाई आग्रह गरेको हो। यस्ता उजुरीलाई छानविन गरी कारवाही गरिने बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

कांग्रेसको निर्वाचन समिति संयोजकमा अधिकारी

पार्टीको आन्तरिक निर्वाचनका लागि राधेश्याम अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति पनि गठन गरेको छ। उक्त समितिमा खम्बबहादुर खाती, गोपालकृष्ण घिमिरे, सीताराम केसी र एगराज पोखरेल छन्।

बहुमतबाट निर्णय गर्न समितिलाई प्रतिबन्ध

सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलसहितका असन्तुष्ट पक्षको लामो रस्साकस्सीपछि नेपाली कांग्रेसले केन्द्रीय सदस्य भीष्मराज आङ्दम्वेको संयोजकत्वमा केन्द्रीय अनुशासन समिति गठन गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बोलाइएको समयभन्दा झण्डै नौ घण्टा ढिला राति पौने आठ बजे सुरु बैठकले पाँच सदस्यीय समिति गठन गरेको हो।

सहमति खोज्दै कांग्रेस नेता

नेपाली कांग्रेसभित्र पार्टी अनुशासन समिति गठनमा अझै सहमति जुट्न सकेको छैन। सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा आइतबार अपराह्न आफ्नै निवास बुढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएर सहमतिको प्रयास गरेका छन्। दुवै पक्षीय नेताहरु पूर्ववत् अडानबाट लचिलो देखिए पनि सहमति जुट्न भने सकेको छैन।भित्र पार्टी अनुशासन समिति गठनमा अझै सहमति जुट्न सकेको छैन। सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा आइतबार अपराह्न आफ्नै निवास बुढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएर सहमतिको प्रयास गरेका छन्। दुवै पक्षीय नेताहरु पूर्ववत् अडानबाट लचिलो देखिए पनि सहमति जुट्न भने सकेको छैन।

कांग्रेसमा सहमति नभए बैठक बहिष्कारको चेतावनी

नेपाली कांग्रेसभित्रका असन्तुष्ट पक्षीय नेताहरूले पार्टी अनुशासन समितिसहितका निकाय सहमतिबाटै गठन गर्नुपर्ने अडान दोहो-याएका छन्। अनुशासन समितिसहितका निकाय गठनका विषयमा सभापति शेरबहादुर देउवाले आइतबार दिउँसो पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएपछि शनिबार नेता प्रकाशमान सिंहको निवासमा बसेको असन्तुष्ट पक्षको बैठकले अनुशासन, निर्वाचन समिति सहमतिबाटै गठन गर्नु पर्ने पुरानो अडान दोहो-याएका हुन्।

अनुशासनमा पछाडि

हामी सधै“आफ्नो भाग्यलाई दोषदिन्छौ“ र भन्छौ“– यो देशमा जन्मनु नै मेरो दुर्भाग्य हो। विदेश भ्रमणमा गएर आएपछि भन्छौ“– विदेशमा यस्तो छ उस्तो छ तर यहाँ हाम्रोमा केहीछैन। हो, हामी धेरै पछाडि छौँ विकासका दृष्टिले, प्रविधिका दृष्टिले र सबैभन्दा बढी हामी पछाडि छौँ अनुशासनमा। हामी देश विकास देख्छौँ, सफा देख्छौँ। बाटोमा कतै फोहोर फालिएको देखिँदैन, हरेक घरको अगाडि सफा हुन्छ।

आर्थिक अनुशासन

सामान्यतया बजेटले निर्धारित गरेका क्षेत्रबाहिर खर्च गर्न खोज्नु आर्थिक अनुशासनहीनता हो। हामीकहाँ भने ‘गैरबजेटरी रकम’ माग गर्नु नियमित अभ्याससरह हुन पुगेको छ। संसद्मा अर्थमन्त्रीले पेस गरेको बजेटलाई संसद्ले पारित गरेपछि त्यसैका सीमाभित्र रहेर खर्च गर्नु र राजस्व उठाउनु पर्छ। लोकतान्त्रिक शासन व्यवस्थामा संसद्लाई छलेर यस्ता कुनै पनि काम गर्न पाइँदैन।

कांग्रेसमा जवाफदेहिता र पारदर्शितामा जोड

पार्टीमा अनुशासनहिनता मौलाउँदै गएको भन्दै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले अनुशासन समितिलाई शक्तिशाली बनाउन सुझाव दिएका छन्

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्