२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

गणेशमान सिंहको २४ औँ स्मृति दिवस मनाइँदै

नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए। विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेकाे आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए।

वैदेशिक रोजगारीमा जान लाखभन्दा बढी भुक्तानी

सरकारले खाडी मुलुक र मलेसिया जाने कामदारको हकमा निःशुल्क भिसा र टिकटको निर्णय गरे पनि ती मुलुक जानेले लाख रूपैयाँभन्दा बढी तिरिरहेको अध्ययनले देखाएको छ।

साझा सवाल हो जातीय छुवाछूत

जात व्यवस्थाको प्रमुख विशेषता नै सामाजिक विभेद र असमानता भएको हुनाले यसलाई चिर्न अब बौद्धिक उपचारको खोजी जरुरी छ।

रोशन र बुद्धलाई स्वर्ण

प्रथम अन्तरनगर मेयर कप कराते तथा किक बक्सिङ प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न खेलमा मन्थलीका रोशन खत्री र बौद्ध डोजोका बुद्ध मोक्तानले स्वर्ण जितेका छन्।

छत्रपाटी चिकित्सालयको नयाँ भवन शिलान्यास

छत्रपाटी निःशुल्क चिकित्सालयको नयाँ भवन निर्माण शिलान्यास गरिएको छ। बुधबार काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले भवनको शिलान्यास गरेका हुन्। त्यस अवसरमा प्रमुखसहित उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष नवीन मानन्धर र अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले भूमि पूजन गरेका थिए।

कोरोना मैदानको एप्रोनधारी कमान्डर डा. सुनिल

डा. बुढाथोकी पातारासी गाउँपालिकामा खटिए। उनी एक महिना बसे। गाउँमा गएर कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सचेतना फैलाउने, पिसिआर टेस्ट गर्ने र संक्रमितको अवस्था हेरेर उपचार विधि अपनाउन थाले। उनी कोरोना कालमा निकै जोखिमपूर्ण ठाउँमा खटिए। उनले त्यही ठाउँबाटै औधि माया पाए। अहिले उनी पुगेका हरेक बस्तीमा उनकै चर्चा हुन्छ। स्थानीय टेलिफोन गरेर स्वास्थ्य परामर्श लिन्छन्। स्वास्थ्यकर्मी फोन गरेर स्वास्थ्य क्षेत्रमा देखिएका समस्या राख्छन्।

बजार नपाएर फर्ममै कुहिँदै अर्गानिक अंगुर

अहिले जिल्लाको खातिज्युला, त्रिपुराकोट, रल्ली र गल्ली गाउँमा अर्गानिक अंगुर लटरम्म फलेको छ। विशेषगरी त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोट, रल्ली र गल्ली गाउँले आफूलाई अंगुर गाउँको रूपमा स्थापित गर्न थालेका छन्।

तीजमा पनि भएन सुनचाँदीको कारोबार, व्यवसायी निराश

तीजका लागि व्यापारीहरुले पसलमा राखेका छड्के तिलहरी, मंगलसुत्र, झुम्का, चन्द्रमा लगायतका सुनका आइटम बिक्री गर्न नपाएपछि थन्काएर राखेको व्यापारीहरु बताउँछन्।

बुधबार घट्यो सुनचाँदीको मूल्य

महासंघले बुधबार छापावाल सुन प्रतितोला ९० हजार सात सय रुपैयाँ कायम गरेको छ। मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार चार सय रुपैयाँ कायम भएको थियो।

अझै दुई दिन मनसुन सक्रिय

जल तथा मौसम विज्ञान विभागद्वारा आज जारी विशेष बुलेटिनका अनुसार उत्तर–पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यून चापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त वायु प्रवेश भएसँगै आगामी दुई दिन मनसुनी गतिविधि बढ्न सक्ने सम्भावना छ।

बर्षादको बर्बादी

यस्तै ठूलो वर्षा हुने हो भने भविष्यमा अनेक संकट आउने देखिन्छ। आकासबाट परेको पानीको उचित निकास, जमिनमा पानी सोस्न सक्ने व्यवस्था र पूर्वाधार निर्माणमा थप सजगता आवश्यक भइसकेको छ। अन्यथा, राजधानीबासी बर्षादका बेला राम्ररी निदाउन नसक्ने अवस्था आउन सक्छ।

बूढीगण्डकी आयोजना प्रभावितलाई तत्कालै मुआब्जा र क्षतिपूर्ति उपलब्ध गराउन माग

समितिले आइतबार पत्रकार सम्मेलन गरेर आयोजना प्रभावित घर, गोठ, संरचना र बोटविरुवाको लागत संकलन गरेर तत्काल मूल्य निर्धारण गरी वितरण गर्न माग गरेका छन्।

भरियाका माध्यमबाट सुन तस्करी

तस्करले सेटिङ मिलाएर विदेशबाट सुन ल्याउँछन्प/ठाउँछन्। सेटिङमै विमानस्थलबाट सुन बाहिरिन्छ। पछिल्लोपटक शुक्रबार त्रिभुवन विमानस्थल हुँदै नेपालगन्ज पुर्‍याइएको चार किलो सुन बरामद भयो। आन्तरिक ट्रमिनलबाटै सुन बाहिरिएको आशंका छ।

चार किलो सुनसहित नेपालगञ्ज विमानस्थलबाट दुईजना प्रहरी नियन्त्रणमा

बाँके प्रहरीले नेपालगञ्ज विमानस्थलबाट चार किलो सुनसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ।

डोल्पाको इतिहासमै पहिलो पटक बृहत सार्वजनिक सुनुवाई

जिल्ला प्रशासन कार्यालयको आयोजना तथा नेपाल पत्रकार महासंघको सहजीकरणमा सरकारी कार्यालयहरुवाट प्रदान गरिने सेवासुविधा नागरिकले भोग्नु परेका पीडा संघ र प्रदेश सरकारवाट आएका विकासी योजना र खर्चेको बजेट लगायतका विषयमा सार्वजनिक सुनुवाई गरिन लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्