१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

बुधबार घट्यो सुनचाँदीको मूल्य

साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत मंगलबारस्थिर रहेको सुनको मूल्य बुधबार सात सय रुपैयाँले घटेको हो। महासंघले बुधबार छापावाल सुन प्रतितोला ९० हजार सात सय रुपैयाँ कायम गरेको छ। मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार चार सय रुपैयाँ कायम भएको थियो।

त्यस्तै, छापावाल सुन प्रति १० ग्राम ७७ हजार सात सय ६० रुपैयाँ कायम भएको छ। महासंघकाअनुसार तेजावी सुन प्रतितोला ९० हजार दुई सय रुपैयाँ कायम भएको छ। तेजाबी सुन प्रति १० ग्रामको मूल्य ७७ हजार तीन सय ३० रुपैयाँ कायम भएको छ।  

बुधबार चाँदीको मूल्य पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ। महासंघले चाँदीको मूल्य प्रतितोला १२ सय २० रुपैयाँ कायम गरेको छ। १० ग्राम चाँदीको मूल्य एक हजार ४६ रुपैयाँ तोकिएको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ३० रुपैयाँ थियो।

प्रकाशित: २३ भाद्र २०७८ ०६:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App