१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

चार किलो सुनसहित नेपालगञ्ज विमानस्थलबाट दुईजना प्रहरी नियन्त्रणमा

बाँके प्रहरीले नेपालगञ्ज विमानस्थलबाट चार किलो सुनसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ। श्री एयरलाईन्सको काठमाडौ–नेपालगञ्जको नियमित उडानबाट आएका दुई जनाको साथबाट सुनजस्तो देखिने चार किलो धातु बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए।

‘चारकिलो सुन जस्तो पहेलो वस्तुसहित दुई जनालाई नियन्त्रणमा लिएका छौँ। उनीहरु श्री एयरलायन्सबाट काठमाडौबाट आएका हुन्। हामीले बरामद गरेको बस्तु सुन भए नभएको र उनीहरुले खरिद गरेको बिल बिजकको जाँच गर्दै छौ’, उनले भने।

नेपालगञ्ज विमानस्थलमा सुनचाँदी व्यवसायी संघका अध्यक्षसहित पुगेर घटनाको अनुसन्धान सुरु गरेको प्रहरी जनाएको छ। प्रहरीले सुनसहित प्रहरी नियन्त्रणमा परेका व्यवसायीको परिचय खुलाएको छैन।

प्रकाशित: १८ भाद्र २०७८ १३:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App