२० आश्विन २०८१ आइतबार
image/svg+xml

ज्येष्ठ नागरिकको गुमेको दृष्टि फर्काइयो

सामुदायिक आँखा केन्द्र नुवाकोटले चलाएको शिविरमा ४६ ज्येष्ठ नागरिकले शल्यक्रियापछि पुनः आँखा देख्न सक्ने भएका छन्।

पिसाब थैली बाहिर निस्केकी बालिकाको सफल शल्यक्रिया

अस्पतालका बाल शल्यचिकित्सक श्रेष्ठ, अर्थोपेडिक सर्जन राम बाराकोटी, डा. पुष्प भडेलको समूहले उक्त शल्यक्रिया गरेका हुन्। शल्यक्रियाका सामान महंगो हुने र पुरै निको हुन केही साता अस्पतालमै बस्नुपर्ने भएकाले उपचार खर्च अलि महँगो पर्ने अस्पतालले जनाएको छ।

प्रसूतिपछि पेटमै टालो छुटाएको घटनामा थालियो कारबाही

शल्यक्रियाका माध्यमले प्रसूति गराउँदा पेटमा टेट्रा (गजको पत्रले बनेको टालो) छुटेकी महिलाका विषयमा परेको उजुरीविरुद्ध नेपाल मेडिकल काउन्सिलले कारबाही अघि बढाएको छ। गत वर्ष जेठ ७ गते सोलुखुम्बु जिल्ला अस्पताल फाप्लुमा २९ वर्षीया डोमा घतानीको शल्यक्रियामार्फत प्रसूति गराइएको थियो। उनको स्वास्थ्यमा जटिलता देखा पर्‍यो। उपचारका क्रममा चिकित्सकले पेटमा टालो छुटाएको पत्ता लागेको थियो।

९७ वर्षकी वृद्धाको अल्का अस्पतालमा हिमीआर्थोप्लाष्टिको सफल शल्यक्रिया

ललितपुर खोकनाकी ९७ वर्षकी गणेशमाया शाहीको हिमीआर्थोप्लाष्टि अर्थात हिपको आधा जोर्नी फेर्ने शल्यक्रिया सफल भएको हो।अस्पतालका चिकित्सक शिवचन्द्र अमात्यको टोलीले शाहीलाई हाइ केयरमा राखेर हिमीआर्थोप्लाष्टिको शल्यक्रिया गरेको थियो।

जिपीमा मझौला शल्यक्रिया सुरु

शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेको अस्पतालले बुधबार पहिलो पटक मलद्धार च्यातिएको सफल शल्यक्रिया गर्दै मझौला शल्यक्रियाको सुरुवात गरेको हो।

रोल्पा अस्पतालमा शल्यक्रिया सुरु

बुधबार राति डा. प्रकाश बहादुर बुढाको नेतृत्वमा डा. आधार वली, सुनिता तामाङ, निशा सर्मा, तिलकुमारी जिएम लगायतको टोलीले थवाङबाट रिफर भएर आएकि एक महिलाको सफल शल्यकृया गरेका थिए।

नेपालमा पहिलो पटक ‘रोवटिक सर्जरी’ सेवा सुरु

रोवटियन न्यूरो सर्जरी प्रक्रियामा ‘नेभिगेसन सिस्टम’ले सर्जनहरूलाई ‘थ्रिडी मनिटर’मा ट्युमर कहाँ छ ? कुन नसा कहाँ छ भन्ने कुराको जानकारी दिन्छ। सोही जानकारी अनुसार टाउको तथा मेरुदण्डमा प्वाल पारी ट्युमर निकालिन्छ। यो प्रविधिले बिरामीको रोग कति भागमा फैलिएको छ भन्ने सजिलै जानकारी दिने भएकाले ठूलो शल्यक्रिया गर्नु नपर्ने कलेजको दाबी छ।

रोल्पा अस्पतालमा शल्यक्रिया सेवा बन्द

केन्द्र सरकारको सहयोगमा केहि वर्ष यता सुरु भएको जटिल अवस्थाको प्रसुती सेवा ‐सिईओएनसि) कार्यक्रम बन्द भए संगै शल्यक्रिया सेवा पनि राेकिएकाे हाे। शल्यक्रिया सेवा बन्द हुँदा साउनको १५ दिनमा अस्पतालले ३ जनालाई बाहिर जिल्ला रिफर गर्नु परेको छ।

संविधान जोगाउन शल्यक्रिया

राजाले बरु सहजै गद्दी छाडेर हिँडे तर ओलीलाई आफू अल्पमतमा परिसकेपछि पनि कुर्सी छाड्न गाह्रो भयो। त्यो स्थितिमा उनी र राष्ट्रपति भण्डारी मिलेर मुलुकलाई जालसाझीयुक्त राजनीतितर्फ लगेका हुन्।

मोवाईलको उज्यालोमा शल्यक्रिया गर्नुपर्ने बाध्यताको अन्त्य

बिजुली जाँदा गतिलो वैकल्पीक व्यवस्था नहुँदा मोबाईलको उज्यालोमा सुत्केरी शल्यक्रिया गर्नु पर्ने बाध्यता रहेको यहाँ रोल्पा नगरपालिकाले १ सय केभिएको जेनेरेटर उपलब्ध गराएको छ।

वीपीमा कालो ढुसी संक्रमित विरामीको जटिल शल्यक्रिया

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कालो ढुसी(ब्लाक फंगस) संक्रमित एक विरामीको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको छ ।

वीपीको कोभिड अस्पतालमा ५ वर्षीय बालकको ब्रेन ट्युमरको शल्यक्रिया

‘ट्युमरको ठूलो अप्रेशन नै हो, हिजोको भन्दा आज राम्रो भएको छ । छटपटाएर दिमागमा रगत जम्न नदिन एक दुई दिन बेहोस् जस्तै राख्छौं,’ डा.दाहालले भने ।

वेष्टर्न हस्पिटलले गर्‍यो १८ जना संक्रमितको सफल शल्यक्रिया

नेपालगन्जस्थित वेष्टर्न हस्पिटलले १८ जना कोरोना संक्रमित बिरामीको सफल शल्यक्रिया गरेको छ । अस्पतालले अर्थाेपेडिक र ट्रमा सम्बन्धी १३ वटा, जनरल सर्जरीका ३ र प्रसूति तथा स्त्री रोगसँग सम्बन्धित २ गरी १८ जना संक्रमित बिरामीलाई शल्यक्रियासहितको उपचार सेवा प्रदान गरिएको प्रबन्ध निर्देशक डा. राहुल थापाले जानकारी दिए ।

वीपी प्रतिष्ठानको कोभिड अस्पतालमा संक्रमितको आन्द्राको जटिल शल्यक्रिया

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानस्थित कोभिड १९ अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको आन्द्राको जटिल शल्यक्रिया भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्