२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

वेष्टर्न हस्पिटलले गर्‍यो १८ जना संक्रमितको सफल शल्यक्रिया

संक्रमित बिरामीको संख्या बढ्दै गएपछि १६ बेडको कोभिड वार्ड विस्तार

कोरोना संक्रमित बिरामीको शल्यक्रिया गरेको वेष्टर्न हस्पिटल । तस्बिर : नागरिक

नेपालगन्जस्थित वेष्टर्न हस्पिटलले १८ जना कोरोना संक्रमित बिरामीको सफल शल्यक्रिया गरेको छ । अस्पतालले अर्थाेपेडिक र ट्रमा सम्बन्धी १३ वटा, जनरल सर्जरीका ३ र प्रसूति तथा स्त्री रोगसँग सम्बन्धित २ गरी १८ जना संक्रमित बिरामीलाई शल्यक्रियासहितको उपचार सेवा प्रदान गरिएको प्रबन्ध निर्देशक डा. राहुल थापाले जानकारी दिए । 

नेपाल सरकारबाट ५० बेडको स्वीकृती लिएर उक्त अस्पताल विगत १५ वर्ष देखि नेपालगन्जमा सञ्चालन हुँदै आएको छ । उक्त अस्पतालले अर्थाेपेडिक, ट्रमा, जनरल सर्जरी र प्रसूति र स्त्री रोग सम्बन्धी उपचार सेवा प्रदान गर्दै आएको छ ।

प्रबन्ध निर्देशक थापाका अनुसार अस्पतालको अर्थाेपेडिक र ट्रमा विभागमा डा. बिनोद थापा, डा. किरन  गुरुङ र डा. बसन्त सापकोटाले बिरामीको उपचार गरिरहेका छन् । यस्तै जनरल सर्जरी विभागमा डा. रुपानन्द अधिकारी, डा. प्रविण गुप्ता, र डा. ध्रुब शाह उपचारमा खटिएका छन् भने स्त्री तथा प्रसूति रोगसँग सम्बन्धित बिरामीलाई डा. कल्पना थापाले उपचार गर्दै आएकी छन् । त्यसैगरी एनेस्थेसिया र जटिल खालको उपचारमा डा. निर्मल ज्ञवाली र डा. पारस पाण्डे कार्यरत छन् ।  

कोभिड–१९ को महामारी फैलिँदै गएपछि अस्पतालले गत वैशाख पहिलो सातादेखि नै ४ बेडको कोभिड वार्ड सञ्चालन गरि कोरोना संक्रमित बिरामीलाई शल्यक्रिया सहितको उपचार सेवा प्रदान गर्दै आएकोमा चाप बढेपछि १६ बेड तयार गरिएको प्रबन्ध निर्देशक थापाले बताए । ‘पछिल्ला दिनहरुमा संक्रमित बिरामीहरुको संख्या बढ्दै गएपछि चार बेडले चाप धान्न नसक्ने अवस्था सृजना भएकाले जेठ ५ गतेबाट १६ बेडको कोभिड डेलिकेटेड वार्ड सञ्चालनमा ल्याएका छौं ।’

कोभिड डेलिकेटेड वार्ड सञ्चालन भएपछि यस क्षेत्रका अर्थाेपेडिक, ट्रमा, जनरल सर्जरी र प्रसूति तथा स्त्री रोगसँग सम्बन्धित संक्रमित बिरामीलाई  शल्यक्रियासहितको उपचार सेवा पाउन थप सहज हुने अस्पतालको विश्वास छ । ‘कोभिड डेलिकेटेड वार्ड सञ्चालनमा आएपछि संक्रमित बिरामीलाई नेपालगन्जमै सहज रुपमा शल्यक्रियासहितको गुणस्तरीय उपचार सेवा पाउन सहज हुने विश्वास गरेका छौं,’ प्रबन्ध निर्देशक डा. थापाले बिहीबार जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित: ६ जेष्ठ २०७८ १५:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App