२३ आश्विन २०८१ बुधबार
image/svg+xml

पक्राउ पर्ने अवैध चिनियाँ नागरिकको संख्या १२२ पुग्यो

अवैध रुपमा नेपालमा बसोवास गर्दै आएका चिनियाँ नागरिकको पक्राउ संख्या १ सय २२ पुगेको छ।

वीरगन्जमा नक्कली घ्यू बनाउने कारखाना फेला, संचालक सहित ३ पक्राउ

वीरगन्जमा प्रहरीले नक्कली घ्यू बनाउने कारखाना फेला पारेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको एउटा टोलीले बीरगंज महानगरपालिका वडा नं.१५ लक्ष्मणवाब्रह्म चोक नजिक संचालन गरिएको नक्कली घ्यू बनाउने कारखाना फेला पारे पछि त्यसका संचालक सहित तीन जनालाई नियन्त्रणमा लिएको प्रहरी नायब परीक्षक वीरेन्द्र बहादुर शाहीले बताए।

विप्लवका दाजु सहित २१ जना कारागार चलान

नेत्रविक्रम चन्दका दाई चन्द्रवहादुर चन्द सहित दाङमा पक्राउ परेका बिप्लव समूहका २१ नेता जेल गएका छन्। दाङ देउखुरी जिल्ला अदालतले तोकेको धरौटी तिर्न नसक्दा उनिहरु जेल चलान भएका हुन्। सोमवार जिल्ला अदालतले उनिहरुलाई जनही १५/१५ हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको थियो। तर विप्लव समूहका २१ जना नेताले आँफूहरुले धरौटी तिर्न नसक्ने भएका कारण कारागार चलान हुने निर्णय लिएका थिए।

गाउँपालिका अध्यक्ष पक्राउ

सवारी ज्यान मुद्दामा १३ वर्षदेखि फरार विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल पाल भेडिहरलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ।

विमानस्थलबाट ६ किलो कोकिनसहित चार विदेशी पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र लागुऔषध नियन्त्रण व्यूरोबाट दिनैपिच्छे सादा पोशाकमा प्रहरी खटिन्छन्।

सवारी ज्यान मुद्धामा १३ वर्षपछि गाउँपालिका अध्यक्ष पक्राउ

बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत भेदिहर पक्राउ परेका छन्।

डा.श्रेष्ठलाई बन्धक बनाउने योञ्जन जेल चलान

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.भक्तमान श्रेष्ठलाई बन्धक बनाउने एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

विवाहको आश्वासन देखाई बलात्कार गर्ने पक्राउ

विवाहको आश्वासन दिई १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले डाकनेश्वरी नगरपालिका–५ का २० वर्षीय सियाराम मण्डल खत्वेलाई पक्राउ गरेको छ।

दुई विप्लव कार्यकर्ता नगद र कागजातसहित पक्राउ

प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (विप्लव) समूहका दुई जिल्ला सचिवालय सदस्य महत्वपूर्ण कागजात र नगदसहित उदयपुरबाट पक्राउ परेका छन्।

अवैध हतियार बोक्ने पूर्वप्रहरी सहित तीन जना पक्राउ

रौतहटमा सशस्त्र प्रहरीले अवैध हातहतियार सहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा पूर्वप्रहरी, डाँका र अपराधिक पृष्ठभूमिका मान्छेहरु रहेको प्रहरीले बताएको छ। मंगलबार राती ११ बजेको समयमा भारतीय नम्बरको मोटरसाइकलमा तीन जना हतियार सहित जाँदै गरेको सूचनाको आधारमा सशस्त्र प्रहरी बेस क्याम्प फतुवाको टोलीले राजपुर नगरपालीका ३ आजाद चौकबाट पक्राउ गरेको हो।

प्रहरीलाई घुस दिन खोज्दा एक पक्राउ

वडा प्रहरी कार्यालय वालिङले घुस दिन खोज्दा एक जनालाई पक्राउ गरेका छन्। वडा प्रहरी कार्यालय वालिङका प्रमुख निरञ्जन घिमिरेलाई कार्य कक्षामा गई १५ हजार रुपैयाँ नगद दिन खोज्दा वालिङ नगरपालिका–८ का जहरुदीन मिया पक्राउ परेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्