२३ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

सवारी ज्यान मुद्धामा १३ वर्षपछि गाउँपालिका अध्यक्ष पक्राउ

बारा– बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत भेदिहर पक्राउ परेका छन्।

सवारी ज्यान मुद्धाका फरार प्रतिवादीको आरोपमा अध्यक्ष भेदिहर आइतबार पक्राउ हुन। उनी १३ वर्ष पछि पक्राउ परेका हुन्। भेदिहरलाई जिल्ला अदालत बाराले २०६३ साल भदौ २९ गते सवारी ज्यानमुद्धामा २९ दिन कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

उनले चलाएको ना४प ३७८५ नम्बरको मोटरसाइकलले टक्कर दिँदा २०६२ साल माघ २८ गते हँसिया देवि चौधरीको मृत्यु भएको थियो।

बाराका प्रहरी उपरीक्षक विकासराज खनालका अनुसार उनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पठाइएको छ।

भेदिहर तत्कालिन विजयकुमार गच्छदारले नेतृत्व गरेको फोरम लोकत्रान्त्रिकबाट २०७४ सालमा भएको तेस्रो चरणको स्थनीय तहको निर्वाचनमा निर्वाचित भएका थिए।

प्रकाशित: ६ पुस २०७६ ०८:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App