४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले आज बुझाउँदै

प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान सकेर आज सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाउने भएको छ।

प्रहरी अनुसन्धान प्रतिवेदन तयार

किर्ते, बयान, एसएमएस, बैंक स्टेटमेन्ट, उजुरी, पीडितले रकम दिएका लिखत, केही नसाटिएका चेकलाई मुख्य आधार बनाएर प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदन आइतबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाउने तयारी गरेको छ।

भुटानी शरणार्थी प्रकरणले देशको इज्जत माटोमा मिलाउने काम भयो: माधव नेपाल

नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भुटानी शरणार्थी प्रकरणमा छानबिन गर्न सरकारले खुट्टा कमाउन नहुने बताएका छन्।नेपाली जनतालाई नागरिकता त्याग्न गर्न लगाएर मोटो रकम असुली देशको इज्जत माटोमा मिलाउने काम भएको भन्दै उनले दोषीलाई कारबाही गर्न सरकार पछि हट्न नहुने बताएका हुन्।

‘हदम्याद’भित्र अनुसन्धान भ्याउन कठिन

एकातिर दिनहुँ नयाँनयाँ तथ्य भेटिइरहँदा थप व्यक्तिलाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याउनुपर्ने छ भने अर्कातिर ‘६० दिने’हदम्याद सकिने दिन नजिक आइरहेको छ। संगठित अपराध निवारण ऐन, २०७० अनुसार पक्राउ परेका व्यक्तिलाई ६० दिन हिरासतमा राखेर अनुसन्धान गर्न सकिन्छ।

नक्कली भुटानी शरणार्थी प्रकरण छानबिनमा शंका नगर्न प्रधानमन्त्री दाहालको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा जनता र विश्वको नजर परिसकेको हुनाले यसको छानबिन र अनुसन्धानमा कुनैपनि शंका नगर्न संसदलाई आश्वत बनाएका छन्।

पूर्वगृहमन्त्री र सचिवबीच पोल खोलाखोल

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा सहभागी भएको भनी आरोप लागेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले सबै विषय कर्मचारीले तयार गर्ने भएकाले त्यस्तो प्रक्रियामा मन्त्रीको सहभागिता नरहेको भन्दै पन्छिएका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरण: रायमाझी, खाँणसहितका आरोपीलाई थप ३ दिन हिरासत राख्न अनुमति

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका १४ जनालाई थप ३ दिन हिरातसमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ।

कांग्रेसमा दुई धार

भुटानी शरणार्थी प्रकरणमा मुछिएका कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणलाई पार्टीबाट निलम्बन गर्ने कि नगर्ने भन्नेमा पार्टीभित्र प्रस्ट रूपमा दुई धार देखिएको छ।

प्रहरी अनुसन्धान अझै ‘केही दिन’ चल्ने

नक्कली भुटानी शरणार्थी प्रकरणको प्रहरी अनुसन्धान अझै केही दिन चल्ने भएको छ। जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौं केही लचिलो बनेपछि प्रहरीलाई अनुसन्धान गर्न थप केही दिन मिल्ने भएको छ।

पूर्व सांसद आङ्टावा शेर्पाले गरे प्रहरीमा आत्मसमर्पण

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वसांसद आङ्टावा शेर्पाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरण सामान्य भष्ट्राचार होइन, देशद्रोह होः सांसद् राजकिशोर यादव

जनता समाजवादी पार्टीका सांसद् राजकिशोर यादवले नक्कली भुटानी शरणाार्थी प्रकरणलाई सामान्य भष्ट्राचार मान्न नहुने बताएका छन्।

अनुसन्धानमा छेकबाँध ! मंगलबारसम्म सक्न निर्देशन

सरकारी वकिल कार्यालयले शनिबारबाट लागु हुनेगरी चार दिनभित्र अनुसन्धान टुंग्याएर रायसहितको प्रतिवेदन बुझाउन जिल्ला प्रहरी परिसर, काठमाडौंलाई निर्देशन दिएको हो।

नक्कली शरणार्थी मायावी विभ्रम

८ सय ७५ जना नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउन गरिएको प्रयास वा उद्योग प्रकरणले सडकदेखि सदन तातेको छ। प्रहरीको छानबिन र अनुसन्धान जारी छ। उच्च राजनीतिक तथा प्रशासनिक नेतृत्वसमेतको संलग्नताको कुरा सुन्नमा आएको छ।

भ्रष्टाचारविरुद्ध अभियान आवश्यक

अहिलेका चर्चित सर्जक प्रकाश सपुतको ‘शकम्बरी’का पंक्ति ‘तिम्लाई कानमा झुम्काना कल्ले किन्दियो’ निकै चर्चामा छ। त्यही शैलीमा नागरिकले वर्तमान सत्ता राजनीतिको केन्द्रमा रहेकाहरूलाई सोध्न थालेका छन्-‘करोडौं पर्ने बंगला तिम्लाई कल्ले किन्दियो?’

नक्कली भुटानी शरणार्थी प्रकरण: खाँणसहितका अभियुक्तलाई ४ दिन हिरासतमा राख्न अनुमति

जिल्ला अदालत काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई थप ४ दिन हिरातमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्