१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेसमा दुई धार

भुटानी शरणार्थी प्रकरणमा मुछिएका कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणलाई पार्टीबाट निलम्बन गर्ने कि नगर्ने भन्नेमा पार्टीभित्र प्रस्ट रूपमा दुई धार देखिएको छ। पार्टी सभापति शेरबहादुर देउवासहितका नेता अनुसन्धानका लागि प्रहरीले कुनै पनि नेतालाई गिरफ्तार गर्नेबित्तिकै निलम्बन गर्न नहुने पक्षमा छन्। तर महामन्त्री गगनकुमार थापासहित नेताहरू आरोप लागेपछि अनुसन्धान चल्दासम्म आरोपित स्वयं पार्टीको जिम्मेवारीबाट अलग हुनुपर्ने वा पार्टीले अलग गराउनुपर्ने पक्षमा देखिएका छन्।

खाण दोषी प्रमाणित नभएकाले निलम्बन नगरेको- प्रवक्ता महत

सभापतिनिकट नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीले अनुसन्धान र छानबिन प्रक्रियामा प्रहरीलाई पूर्ण रूपमा सघाइरहेको बताएका छन्। महतले मंगलबार बिहान पत्रकारसँगको भेटमा सभापति शेरबहादुर देउवादेखि सबै शरणार्थी प्रकरणमा निष्पक्ष र स्वतन्त्र अनुसन्धानको पक्षमा रहेको बताएका हुन्। गत चैत १७ गते अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका महतले पार्टी नेता खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि पहिलोपटक पत्रकारसँग भेटेका हुन्।

पार्टी जिम्मेवारीबाट अलग हुनुपर्छ-महामन्त्री थापा

कांग्रेस दोषी उम्कन नहुने र निर्दाेष फस्न नहुने पक्षमा रहेको बताउँदै महतले भुटानी शरणार्थी प्रकरणमा ‘मिडिया ट्रायल’ भएको पनि गुनासो गरे। कांग्रेस केन्द्रीय सदस्यद्वय आरजु राणा र मञ्जु खाणबारे मिडिया ट्रायल भइरहेको तर्क गर्दै महतले भने, ‘आरजुले त्यो अडिओ फेक हो भनेर साइबर ब्युरोमा उजुरी दिइसक्नुभएको छ। हामीलाई पनि त्यो फेक हो भन्ने लाग्छ तर अहिले उहाँहरूविरुद्ध मिडिया ट्रायल भइरहेको छ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा सभापति देउवा मौन बसेको भन्दै आलोचना भइरहेका बेला महतले भने, ‘सभापतिको धेरै बोल्ने बानी छैन।

उहाँले स्वतन्त्र र निष्पक्ष अनुसन्धानको पक्षमा छौं भन्नुभएको छ। दोषीलाई बचाउनुपर्छ भन्ने हामीले भनेका छैनौं र त्यसको पक्षमा छैनौं।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा सभापति देउवा मौन बसेको भन्दै आलोचना भइरहेका बेला महतले भने, ‘सभापतिको धेरै बोल्ने बानी छैन।

महतले पक्राउ परेका खाणले आफू यो प्रकरणमा निर्दोष रहेको दाबी गरिरहेका र अनुसन्धान पनि जारी रहेकाले उनलाई पार्टीबाट निलम्बन नगरिएको बताए। एमालेले सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरिसकेको भन्दै पत्रकारले राखेको चासोमा महतले भने, ‘बालकृष्ण खाणले म निर्दोष छु प्रमाणित गरेर देखाउँछु भन्नुभएको छ। दोषी प्रमाणित नभएकाले पार्टीले कारबाही नगरेको हो।’

कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताहरू भने खाणलाई छानबिन चल्दासम्म केन्द्रीय सदस्यबाट निलम्बन गर्नुपर्ने पक्षमा छन्। महामन्त्री थापाले मंगलबार भुटानी शरणार्थीका विषयमा आफ्ना धारणा सार्वजनिक गर्दै यो प्रकरणमा जोडिएका पार्टी नेतालाई निलम्बन गर्नुपर्नेमा जोड दिएका छन्।

महतले पक्राउ परेका खाणले आफू यो प्रकरणमा निर्दोष रहेको दाबी गरिरहेका र अनुसन्धान पनि जारी रहेकाले उनलाई पार्टीबाट निलम्बन नगरिएको बताए।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने प्रकरण ठगी मात्र नभई संगठित अपराध र मानव बेचबिखन भएको बताए। ‘नेपाली नागरिकको अनादर मात्र होइन, देशद्रोह नै हो। तसर्थ यस्तो जघन्य अपराधमा संलग्न जो कोही पनि हदैसम्मको सजायका भागीदार हुन्छन्,’ थापाले भनेका छन्, ‘पार्टीमा क्रियाशील कुनै व्यक्ति भ्रष्टाचार वा अपराधमा संलग्न हुन सक्छ। तर थाहा भएको दिन पार्टीले त्यसको भारी बोक्न सक्दैन, बोक्नु हुँदैन।’

पार्टीका तर्फबाट अनुसन्धान निष्पक्ष हुनुपर्छ, निर्दोष पर्नु हुन्न, दोषीले सजाय पाउनुपर्छ भन्नेमा आफू स्पष्ट रहेको बताउँदै महामन्त्री थापाले भनेका छन्, ‘दोषी र निर्दोष छुट्टयाउने कानुनी प्रक्रियाबाट हो, यति गम्भीर आरोप लागिसकेपछि मुद्दाको अन्तिम किनारा नलागेसम्म जुनसुकै तहको जिम्मेवारीमा रहेको व्यक्ति स्वतः पार्टी जिम्मेवारीबाट अलग रहनुपर्छ।’

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने प्रकरण ठगी मात्र नभई संगठित अपराध र मानव बेचबिखन भएको बताए।

आरोपित आफैं अलग नभए पार्टीले निलम्बन गर्नुपर्ने धारणा राख्दै थापाले भनेका छन्, ‘पार्टी सभापति, पदाधिकारीसँगको बैठक, सार्वजनिक मञ्चहरूमा मैले यो विचार राखेको छु। पार्टीभित्र, बाहिर, औपचारिक, अनौपचारिक बैठक सबैमा हिजो पनि, आज पनि र भोलि पनि मेरो धारणा यही नै रहनेछ।’

प्रकाशित: ३ जेष्ठ २०८० ०१:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App