१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

छठ अगाडि प्रदुषण रोक्न निर्देशन

तराई मधेशको प्रमुख पर्व र सामुहिक महोत्सको रुपमा रहेको छठ पर्वलाई मध्यनजर गर्दै, सिर्सिया नदीमा भइरहेको प्रदुषण रोक्नका लागि पर्सा क्षेत्र नम्बर १ का साँसद प्रदीप यादवको नेतृत्वमा सोमवार अनुगमन गरिएको छ।

औद्योगिक वातावरण बिग्रदै गएकामा उद्योगी चिन्तित

मंसिर २३ गते उद्योगले प्रदुषण गरेको बहानामा जितपुरसिमरा उपमहानगरपालिका प्रमुख कृष्ण पौडेल नेतृत्वको टोलीले वीरगन्ज–पथलैया औद्योगिक करिडोरअन्तर्गत सिमरामा सञ्चालन गरिएका शालिमार सिमेन्ट र युनिटेक उद्योगमा ताला लगाए। शालिमारमा लगाइएको ताला भोलिपल्टै खोलिएको थियो भने युनिटेकमा लगाइएको ताला एक पहिनापछि मात्रै खोलिएको थियो।

‘हरित क्रान्ति अभियानले जलवायु अनुकूलनमा सार्थककता’

वातावरण प्रदुषणलाई शुद्धीकरण गर्ने उद्देश्य राखेर सुनसरीको चतराधाममा शनिबारदेखि श्रीराम तारकब्रह्म महायज्ञ तथा प्रदेश १ लाई हरित क्रान्ति अभियान बनाउने घोषणा गरिएको छ। फागुन ७ गतेसम्म चल्ने महायज्ञको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन्।

भक्तपुरका इटा भट्टाको कालो धुवाँ

काँचो इटा पोल्न थालेसँगैै भक्तपुुरमा इटाभटाले धमाधम धुवा फाल्न सुरु गरेका छन् । काँंचो इटा पोल्न भटामा आगो लगाउन सुरु गरेसँंगै धुवा फाल्न सुरु गरेका हन् ।

बिहानी हिँडाइको जोखिम

काठमाडौं उपत्यकामा जाडो मौसममा मर्निङवाक गर्नु जोखिम हुने चिकित्सकहरु नै बताउँछन् । अझ दमका रोगीका लागि चिसो मौसमको बिहानी हिँडाइ जोखिमपूर्ण हुने वीर अस्पताल मेडिसिन विभागका उपप्राध्यापक फिजिसियन डा. भवेश थापा बताउँछन् ।

‘दुषित वातावरणले बिरामी भए निःशुल्क उपचार गर’

राष्ट्रिय मानवअधिकार आयोगले उपत्यकामा वातावरण प्रदुषणका कारण हुने बिरामीलाई तत्काल निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनु भन्दै सरकारलाई सिफारिसपत्र पठाएको छ।

‘वायु प्रदुषण मधुमेहको मुख्य कारक’

सन् २०१६ को अध्ययनमा हरेक सात मधुमेहका कारक तत्वमध्ये वायु प्रदुषण पनि एक भएको अमेरिकी अध्ययनले देखाएको छ। यसले दीर्घरोग विकास हुनसक्ने सम्भावनामा कम प्रभाव पार्ने देखिएपनि मधुमेह विकासमा कुनै न कुनै भूमिका भने खेल्ने अध्ययनले बताएको छ।

वातावरण प्रदुषणको परिणाम हाे : माैसमविद्

आकाशबाट हुने वर्षा भनेपछि पानी र त्यससँगै कहिलेकाही असीना झर्ने बुझिन्छ। तर शुत्रबार राति आकासबाट हिलेपानी बर्सीयो। बुटवल भैरहवामा शुक्रबार संसाझै साढे सात बजेतिर केहिछिन रिमझिम पानी परेर रोकीएको थियो। त्यसलगत्तै केहीबेर पछि आकाषबाट हिले वर्षा भयो। घरबाहिर पार्कीङ्ग गरी राखेका गाडी, मोटरसाइकलमा छपक्कै हिलोले ढाकेपछि सर्वसाधारणले हिले वर्षा भएको थाहा पाएका थिए।

प्रदुषण नियन्त्रण शुल्क अन्यत्रै खर्च

नेपालभित्र बिक्री हुने पेट्रोल तथा डिजेलबाट प्रतिलिटर पचास पैसाका दरले उठाइने प्रदूषण नियन्त्रण शुल्क बापतको अर्बौं रुपैयाँ उद्देश्य विपरित खर्च हुने गरेको छ। आर्थिक ऐन, २०६६ को व्यवस्था अनुसार जम्मा भएको उक्त रकम प्रदुषण नियन्त्रण भन्दा पनि नियमित बजेट प्रणाली अनुसार खर्च हुने गरेको छ।

प्रदुषण बढेको भन्दै सिमेन्ट उद्योग बन्द गर्न माग

धनकुटाको छथर जोरपाटी गाउँपालिका सिधुवा बजारमा सञ्चालित निगाले सिमेन्ट उद्योग बन्द गर्न माग गर्दै आन्दोलन सुरु भएको छ। स्थानीयबासीले निगाले सिमेन्ट उद्योगको गेटमा तालाबन्दी समेत गरेका छन्। आन्दोलनको कारण नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्योगको सुरक्षा दिइरहेका छन्।

उदयपुर सिमेन्ट प्रदुषणमुक्त, मजदुर र स्थानीयलाई राहत

उदयपुरमा रहेको नेपाल सरकारको पूर्ण स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजले प्रदुषणमुक्त भएपछि कामदार मजदुर र स्थानीयलाई राहत मिलेको छ। उद्योगले फाल्ने धुँवा र धुलोको कारण वर्षौंदेखि समस्या भोग्दै आएका मजदुर र स्थानीयबासी उद्यागेमा ईलेक्ट्रो स्टारिक पावर इन्जिन (इएसपी) जडान गरिएपछि प्रदुषणबाट बच्न सफल भएका हुन्।

प्रदुषण नगर्दा पनि जलवायु परिवर्तनको उच्च जोखिममा छौंः मन्त्री चौधरी

वातावरण मन्त्री मिथिला चौधरीले जलवायु परिवर्तन र यसका असर तथा प्रभाव न्यूनिकरण गर्ने सवालमा नेपाल जी७७ चिन र अति कम विकसित मुलुकहरु (एलडीसी) को पक्षमा रहेको बताएकी छिन् । यी  निकायले तयार गरेको अवधारणालाई नै नेपालले आत्मसात गर्ने बताइन।

प्रदुषणमुक्त काठमाडौं बनाउने मेयरका उम्मेदवार पवित्र बज्राचार्यको योजना

स्थानीय तह निर्वाचनमा नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपालको संयुक्त गठवन्धनबाट काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारले आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गर्दै काठमाडौंलाई प्रदुषणमुक्त सहर बनाउने घोषणा गरेका छन्।

वायु प्रदुषण नियन्त्रणमा प्रधानमन्त्री कार्यालयको चासो

वायु प्रदुषणको भयावह अवस्थाप्रति प्रधानमन्त्री कार्यालयले सरोकारवाला निकाय र विज्ञस“ग चासो व्यक्त गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रपत्रिकामा प्रकाशित समाचार र वायु प्रदुषणको अवस्थाबारे चिन्ता व्यक्त गरेपछि उनका विज्ञान/प्रविधि सल्लाहकार रविन्द्र ढकालले बिहीबारदेखि सरोकारवालास“ग छलफल सुरु गरेका हुन्।

प्रदुषण नियन्त्रणको रणनीति मस्यौदा सार्वजनिक

वातावरण विभागले बढ्दै गएको प्रदुषण नियन्त्रण गर्न राष्ट्रिय प्रदुषण नियन्त्रण रणनीति तथा कार्ययोजनाको अन्तिम मस्यौदा प्रतिवेदन सार्वजनिक गरिएको छ । बुधबार राजधानीको होटल याक एण्ड यतिमा वतावरण मन्त्रालयद्वारा आयोेजित कार्यक्रममा मन्त्रालयले राष्ट्रिय प्रदुषण नियन्त्रण रणनीति र कार्ययोजनाको अन्तिम मस्यौंदा सार्वजनिक गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्