१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदुषणमुक्त काठमाडौं बनाउने मेयरका उम्मेदवार पवित्र बज्राचार्यको योजना

काठमाडौं– स्थानीय तह निर्वाचनमा नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपालको संयुक्त गठवन्धनबाट काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारले आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गर्दै काठमाडौंलाई प्रदुषणमुक्त सहर बनाउने घोषणा गरेका छन्।  

महानगरमा मेयरका उम्मेदवार पवित्र वज्रचार्य र उपप्रमुखमा सविना अर्यालले महानगरलाई सिसिटिभिको सञ्जाल सहित स्मार्ट सुरक्षा नीति अपनाएर अपराधमुक्त सहरकोरुपमा विकास गर्ने योजना रहेको आफ्नो प्रतिवद्धतापत्रमा उल्लेख गरेका छन्।  

उपत्यकामा धुँवा र  धुलोको नियन्त्रण गर्दै स्वस्थ्य जीवनयापनको लागि प्रदुषाणमुक्त बनाउने समेत प्रतिवद्धता व्यक्त गरेका छन्।

उपत्यकामा धुँवा र  धुलोको नियन्त्रण गर्दै स्वस्थ्य जीवनयापनको लागि प्रदुषाणमुक्त बनाउने समेत प्रतिवद्धता व्यक्त गरेका छन्।

गैर न्यायीक सडक विस्तारबाट पीडित जनतालाई पुनः स्थापित गरिने समेत बताएका छन्। सडक विस्तार गर्नुपर्ने परिस्थिति सृजना भएमा जनताको घर जग्गा न्यायोचित मुआब्जा सहित वैकल्पिक व्यवस्था गरेरमात्र सडक विस्तार गरिने उनीहरुको भनाई छ।

राजधानीमा पार्किङको व्यवस्थामा सुधार गर्ने समेत मेयरका उम्मेदवार बज्राचार्यको योजना छ। महानगरभित्रका विभिन्न क्षेत्रलाई शिक्षा स्वास्थ्य, सञ्चार, आवास, प्रशासनिक, कुटनीति, व्यापारिक, पर्यटकीय, सास्कृतिक आदि क्षेत्र तोकी व्यवस्थीत सहर बनाइने उपमेयरकी उम्मेदवार अर्यालले बताइन्।  

प्रकाशित: २३ वैशाख २०७४ ०९:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App