१९ आश्विन २०८१ शनिबार
image/svg+xml

धवलागिरी जोड्ने सडकको विजोग (फोटोफिचर)

यातायात सेवा अवरुद्ध हुँदा उपचारका लागि पोखरासम्म आउन पनि स्थानीयलाई समस्या परेको छ। धवलागिरी अञ्चलको मूल प्रवेशद्वार पर्वत हो। तर, अहिले पर्वत सदरमुकाम कुश्मा समेत पुग्न सकस छ।

पोखरा–बागलुङ सडक खुलाउनै सकस

गत विहीबार मध्यरातको भीषण वर्षापछिको पहिरोले मध्यपहाडी राजमार्गको पोखरा–बागलुङ अन्तर्गत पर्वत खण्डको केही भाग छियाछिया भयो । भीषण पहिरोले राजमार्गको करिब आठकिलोमिटर खण्ड पुरै ध्वस्त पारेको छ ।

छोटो अवधिमा भीषण वर्षाको उदण्ड (तस्बिरसहित)

पोखरामा बुधबार बेलुकी ६ बजेदेखि भीषण वर्षा सुरु भएको थियो । भीषण वर्षा मध्यरातसम्म जारी थियो । भीषण वर्षाले बजार क्षेत्रमा बढेमानको भेलमात्र निम्त्याएन की आसपासका क्षेत्रमा मानवीय क्षति नै हुनेगरि पहिरो नै झा¥यो ।

पहिरोमा पुरिएर पोखरामा पाँचजनाको ज्यान गयो, एक बेपत्ता

अविरल वर्षापछिको पहिरोले घर बगाउँदा पुरिएर पोखरामा पाँजनाको ज्यान गएको छ भने एकजना बेपत्ता भएका छन । मृत्यु हुनेमा चारजना पुरुष र एकजना महिला रहेका छन ।

बुद्धको पोखरा–सिमरा उडान सुरु

निजी क्षेत्रको वायुसेवा कम्पनि बुद्ध एयरले बुधबारदेखि पोखरा–सिमरा हवाई उडान सुरु गरेको छ । सुरुवातमा साताको तीनदिन यो रुटमा उडान गर्ने बुद्धको योजना छ ।

बुधबारदेखि पोखरा–सिमरा उडान हुँदै

निजी क्षेत्रको वायुसेवा कम्पनि बुद्ध एयरले बुधबारदेखि पोखरा–सिमरा सिधा उडान सुरु गर्दैछ । सुरुवातमा साताको तीनदिन यो रुटमा उडान गर्ने बुद्धको योजना छ । यात्रुको माग थपिँदै गएमा सातैदिन र एकभन्दा बढी पनि उडान गर्न सकिने बुद्धको भनाई छ ।

तालमा वाटर स्पोर्टसः नीति नहुँदा जटिलता

पोखरा महानगर तालले समृद्ध छ । तर तालहरुको उपयोगिता केवल माछापालन र डुंगा व्यवसायमा मात्रै सीमित छ । तालहरुलाई पर्यटन प्रवर्द्धनमा मात्रै नभई स्पोर्टसको रुपमा समेत उपयोग गर्नुपर्ने आवाज उठ्न थालेको छ ।

स्थापित हुँदै पोखरा जोड्ने आन्तरिक हवाई रुट

पोखरा विमानस्थलका अनुसार पोखरा–काठमाडौं हवाई रुटमा दिनमा एकतर्फी यात्रुको संख्या करिब आठ सय छ। अहिले बुद्ध र यती एयरलाइन्सले पोखरा–काठमाडौं रुटमा ७२ सिट क्षमताका जहाजबाट दिनमा दर्जन हाराहारी उडान गरिरहेका छन्। बुद्धले पोखराबाट भैरहवा, भरतपुर र नेपालगन्जसम्म उडान थप्दा यात्रु संख्या दिनहुँ बढिरहेको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदी बताउँछन्।

हवाई सेवामा वर्षाको असर: सोमबार पूरै रद्द, मंगलबार चार उडान मात्र

भारी वर्षाले भिजिबिलिटी नपुग्दा पोखराबाट हुने हवाई उडान दुई दिनसम्म प्रभावित भएको छ। सोमबारका पूरै र मंगलबारका अधिकांश उडान रोकिएका छन्। मंगलबार अबेरतिर मौसम सुध्रिएपछि चार उडान भएको पोखरा विमानस्थलले बताएको छ।

वर्षाले हवाई उडान प्रभावित, धेरै उडान रद्द

मौसम खराबीले भिजिविलिटी नपुग्दा पोखराबाट हुने हवाई सेवा प्रभावित भएको छ । वर्षाका कारण सोमबार दिनभर बन्द रहेको पोखरा विमानस्थल मंगलबार दिउँसो मात्र खुलेको छ ।

बेलाबेला किन भासिन्छ पोखरा

पोखरामा यसरी जमिन भासिने घटना यो नै पहिलो भने होइन। पोखरामा वर्षैपिच्छे कतै न कतै जमिन भासिएकै हुन्छ। कहिले नदीपुरमा त कहिले न्युरोडमा र कहिले महेन्द्रपुल क्षेत्रमा। ठूलो पानी पर्दा सडकमा बग्ने भेल खोलाझैं लाग्छ। भेलकै कारण बर्सेनिजसो सडक भासिएपछि आवागमनमा अवरोध हुने मात्र नभई स्थानीयमा त्राससमेत उत्पन्न गराइदिन्छ।

भीषण वर्षापछिको भेलले भासियो पोखरा महेन्द्रपुलको सडक (फोटो फिचर)

भीषण वर्षापछिको भेलबाढीले खोतल्दा पोखराको व्यस्त बजार महेन्द्रपुलको सडकमा बढेमानको भ्वाङ परेको छ । आइतबार राती नै महेन्द्रपुलमा भ्वाङ परेको थियो । सडक किनारमा भ्वाङ परेसँगै नजिकैका घर समेत जोखिममा पर्न सक्ने विज्ञहरुको भनाई छ ।

मनास्लु क्षेत्रमा २०५५ पछिको थोरै पर्यटक

गोरखाको मनास्लु क्षेत्रमा कोभिडको त्रासका बीच आर्थिक वर्ष २०७७/०७८ मा एक सय ९४ जना पर्यटकले भ्रमण गरेका छन्। मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का अनुसार सबैभन्दा धेरै गत वैशाखमा ७४ र चैतमा ५६ जनाले मनास्लु क्षेत्रको भ्रमण गरेका थिए।

स्थापित हुँदै पोखरा जोड्ने आन्तरिक हवाई रुट

कोरोनाको त्रास बीच पनि पोखराबाट विभिन्न गन्तव्यसम्म भईरहेको हवाई उडानमा अहिले आन्तरिक यात्रु अभाव छैन । हालै मात्र उडान थालिएको नयाँ रुटमा समेत यात्रु पर्याप्त पाइएका छन् । आन्तरिक यात्रु पाइएकै कारण पोखराबाट विभिन्न गन्तव्यमा जोडिएको हवाई रुट स्थापित हुन थालेका छन् ।

पाहुना त आउन थाले, तर, घुम्न पाएनन्

कोरोना भाइरस संक्रमणका कारण पर्यटन क्षेत्र सुस्ताएको लामो समय भइसक्यो । कोरोनाको पहिलो लहर कमजोर भएपछि केही सहज बनेको पर्यटन क्षेत्र दोश्रो लहरसँगै पुनः सुस्ताएको थियो । दोश्रो लहर पनि केही कमजोर भएपछि यो बेला आन्तरिक पाहुना फाट्टफुट्ट घुम्न निस्कन थालेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्