सरकारविरुद्ध कांग्रेससहित १० दल एक ठाउँमा, देउवा र वैद्यले नेतृत्व गर्ने
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकार निरंकुश बन्दै गएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित १० राजनीतिक दल एक ठाउँमा उभिएका छन्। यी दश राजनीतिक दलको विद्यार्थी संघले आफ्ना माउ पार्टीलाई एक ठाउँमा ल्याएको हो। केपी शर्मा ओली नेतृत्वको सरकार जनअपेक्षाविपरीत गएको भन्दै आन्दोलनका निम्ति पार्टीलाई एक ठाउँ ल्याउनुपर्ने बाध्यता भएको विद्यार्थी नेताहरू बताउँछन्।